तनहुँको म्याग्दे गाउँपालिकाले बाड्यो किसानलाई बाँदर धपाउने ‘बन्दुक’

तनहुँको म्याग्दे गाउँपालिकाले बाड्यो किसानलाई बाँदर धपाउने ‘बन्दुक’

Badar Gun 2

तनहुँ । खेतबारीमा लगाइएको अन्नबाली बाँदरले सखाप पार्न थालेपछि तनहुँको म्याग्दे गाउँपालिकाले किसानलाई बाँदर धपाउने ‘बन्दुक’(मङ्की एयर गन) वितरण गरेको छ ।

कृषकको गुनासोलाई ध्यानमा राखी गाउँपालिकाका ७ वटै वडामा ९० वटा बाँदर धपाउने बन्दुक वितरण गरिएको गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले जानकारी दिईन ।

म्याग्दे गाउँपालिकाले स्याङ्गजाको वालिङ नगरपालिकाबाट २ लाख ५० हजार मूल्य बराबरको बन्दुक खरिद गरेर ल्याई कृषकहरुलाई वितरण गरिएको गाउँपालिका अध्यक्ष रानाले बताईन ।

दैनिकजसो किसानको अन्न बाली खाने र क्षति गरेकाले अन्नबाली संरक्षणका लागि कार्बन राखेर बन्दुक पड्काए जस्तो आवाज आउने र बाँदर डराएर भाग्ने भएकाले मङ्की एयर गन वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले बताए ।

किसानले लगाएका बालीलाई बाँदरले सखाप पार्न थालेपछि नगरपालिकाले युपिभिसी पाइपबाट निर्माण भएको उपकरण वितरण गरेको हो । ‘कारबाइड’ र पानीको मिश्रण राखेर पछाडिबाट लाइटरको सहायताले आगो लगाएपछि ठूलो आवाजमा पड्किदा बादर भाग्ने जनाइएको छ ।

गाउँपालिकाले बाँदर आतङ्कबाट प्रभावित भएका किसानलाई लक्षित गरी पहिलो चरणमा ९० वटा उपकरण वितरण गरेको हो ।

बाँदरले आतङ्क मच्चाएका कारण कतिपय खेतीयोग्य उर्बर जमिन बाँझै हुने समस्यालाई सम्बोधन गर्न उपकरण वितरण गरिएको उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए ।

“तनहुँसहित देशव्यापीरूपमा किसान दाजुभाइ दिदीबहिनीका लागि बाँदर साँझा समस्या हो”, उपाध्यक्ष घिमिरेले भने, “पहिलो चरणमा गाउँगाउँमा धेरै बाँदरले सताउने ठाउँका किसानलाई वडावडामार्फत प्राथमिकताका आधारमा निःशुल्क वितरण गरेका छौं ।

उनले भने, “प्रत्येक वडाका विभिन्न टोलका किसानलाई यन्त्रको सुरक्षित प्रयोग गर्ने तरिकाका बारे आवश्यक प्रशिक्षण दिएर पठाएका छौँ ।”

बाँदर धपाउनका लागि किसानले खेतबारीमै कुरेर बस्नपर्ने अवस्था भएका कारणले पनि पछिल्लो समय खेतबारीमा बालीनाली लगाउने कार्य हराउँदै गएका बेला यसको प्रयोगले समस्या समाधान हुने विश्वास गाउँपालिकाले गरेको छ ।

गाउँपालिकाको घडेरी, सिम्ले, जामुनेभञ्ज्याङ, दोभान क्षेत्र, दीर्घु, बाख्रो, भोर्ले, साँघे फाँट आसपास क्षेत्र, हर्कपुर, विजयथुम, गाउँस्वाँरा, धैरेनी, सालघारीलगायतका क्षेत्रमा बाँदरले खेतीबाली खाएर सास्ती दिएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds