गोरखामा कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयको अवरोध

गोरखामा कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयको अवरोध

Gorkha Corona Death Ludi khola

गोरखा । कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा स्थानीयले विरोध जनाएका छन् ।

जिल्ला सुरक्षा समितिको बैठकले पालुङटार नगरपालिका-७ का ४४ बर्षीय पुरुषको गोरखा नगरपालिका-१२ र शहिद लखन गाउँपालिका-१ को सिमा क्षेत्र लुदी दोभानमा व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

तर स्थानीयले त्यस क्षेत्रमा शव व्यवस्थापन गर्न नदिने भन्दै विरोध गरेका छन् ।

स्थानीयसँग पनि आवश्यक छलफल र समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । साथै गोरखा अस्पतालमा रहेको शव एम्बुलेन्समार्फत लाने तयारी भइरहेको छ ।

असार १६ गते कतारबाट आएका पुरुषको गोरखा अस्पतालमा उपचारको क्रममा शनिबार मृत्यु भएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds