म्याग्दीका कोरोना संक्रमित ४९ दिने शिशुको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ पुग्यो

म्याग्दीका कोरोना संक्रमित ४९ दिने शिशुको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ पुग्यो

Sisu death

म्याग्दी । कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ४९ दिने शिशुको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको हो।

मन्त्रालयका अनुसार घाँटीमा समस्या देखिएपछि अस्पताल असार ९ गते भर्ना भएका शिशुको शल्यक्रिया अघि पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो ।

म्याग्दीका ती शिशुको कोरोना कै कारण मृत्यु भएपछि उनकाे सम्पर्कमा रहेका आफन्तकाे स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएको छ । यस्तै शिशुको बिहीबार पशुपति आर्यघाटमा शव व्यवस्थापन भइसकेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ