पोखराका १ जनासहित गण्डकी प्रदेशमा थपिए १७ कोरोना संक्रमित, लमजुङका मात्रै १६ जना

पोखराका १ जनासहित गण्डकी प्रदेशमा थपिए १७ कोरोना संक्रमित, लमजुङका मात्रै १६ जना

Corona Trot Swap

पोखरा । गण्डकी प्रदेशमा १७ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा भएको परीक्षणबाट बिहीबार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निदेशनालय गण्डकीले जानकारी दिएको छ ।

निर्देशनालयका अनुसार नयाँ संक्रमितमध्ये १६ जना लमजुङका हुन् भने एकजना कास्कीको पोखरा महानगरपालिकाका ३३ वर्षीय पुरुष हुन् ।

लमजुङका मध्ये ४ जना मध्यनेपाल २६ ४१ २७ ५० वर्षका पुरुष, सुन्दरबजारका ३६ ४८ र ६० वर्षका पुरुष र ३५ वर्षीया महिला, बेशीसहरका २४ २७ र ३४ वर्षका पुरुष, दोर्दीका २४ र २६ वर्षका पुरुष, दूधपोखरीका ५० वर्षीय पुरुष, मर्स्याङ्दीका ३९ वर्षीय पुरुष र राइनासका ४५ वर्षीय पुरुष रहेका छन् ।

यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १०३१ पुगेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ