मनाङ । कोरोना सँक्रमित ५७ वर्षिय पुरुषको दोश्रो पि.सि.आर रिर्पोट नेगेटिभ आएसँगै सोमवारबाट हिमाली जिल्ला मनाङमा कोरोना मुक्त भएको छ ।
असार ४ गते कोरोना पुष्टि भएका सो व्यक्ति जिल्ला स्थित अस्पतालको आइसोलेसन कक्षवाट निको भएर विदा भएसँगै मनाङ कोरोना मुक्त भएका हो ।
जिल्ला अस्पताल मनाङको आइसोलेसनमा ११ दिनको उपचारपछि पिसिआर परीक्षण गर्दा कोरोना नेगेटिभ आएसँगै उनलाई डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले बताए ।
यद्यपि उनलाई दुई हप्ता होम क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको छ । मनाङमा हालसम्म कपिलवस्तु बाढगंगा–१४ स्थायी ठेगाना भई मनाङमा कार्यरत ५७ वर्र्षीय पुरुषमा मात्र कोरोना भाइरस देखिएको थियो भने अन्य मानिसमा कोरोना संक्रमण पुष्टि भएको छैन ।

मनाङमा ३० जनाको पिसिआर परीक्षण गरिएकोमा एक जनाको रिपोर्ट पोजेटिभ र २९ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख आचार्यले बताए । हालसम्म मनाङमा एक सय ८१ जनाको आरडिटी परीक्षण गरिएको छ ।
मनाङमा निर्माण गरिएको ९३ बेड क्षमताको १० वटा क्वारेन्टाइन र ७ बेडको आइसोलेसनमा हाल कोही पनि नभएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । मनाङमा निर्माण गरिएका आइसोलेसन र सबै क्वारेन्टाइन अहिले खाली अवस्थामा रहेका छन् ।
सम्बन्धित खबर
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो