काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या २६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा स्याङ्जाका १ र ललितपुरका १ जना गरी २ दुई जनाको मृत्यु भएसँगै मृतकको संख्या २६ पुगेको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मधुमेहका विरामी स्याङ्जाको आँधिखोला १ का ५५ वर्षका पुरुषमा असार ८ गते कोरोना पोजेटिभ देखिएको थियो ।
कोरोना पोजेटिभ देखिएको ती पुरुषको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको आइसीयुमा उपचारकै क्रममा हिजो मृत्यु भएको हो ।
यस्तै ललितपुरको महालक्ष्मी ५ का ५० वर्षिय पुरुषको आज विहान मृत्यु भएको हो । ५ महिनाअघि मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा मृगौला प्रत्यारोपण गरेका पुरुषको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए ।
नर्भिक अस्पतालमा उपचारका क्रममा कोरोना पोजेटिभ देखिएपछि उनलाई पाटन अस्पताल भर्ना गरिएको थियो ।
कोरोना संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ । जसमा महिला १ हजार १ सय ४२ र पुरुष १ हजार २० जना रहेका छन् । बिहीबार महिला ४८ र पुरुष ३ सय ८६ गरी ४ सय ३४ जनामा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डा. गौतमले बताए ।
गत २४ घण्टामा पीसीआर विधिबाट बिहीबार ६ हजार ५ सय ४३ गरी आजसम्म १ लाख ९९ हजार ७ सय ३७ जनाको परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट बिहीबार ४ हजार १ सय ६७ गरी आजसम्म २ लाख ८७ हजार ८ सय ६३ जनाको परीक्षण भएको छ ।
अहिले देशभरीका क्वारेन्टाइनमा ७४ हजार २२ जना रहेका छन् । यस्तै ८ हजार ४ सय २२ जना आइसोलेसनमा रहेका छन् । बिहीबार महिला १९ र पुरुष २ सय ९३ गरी ३ सय १२ जना डिस्चार्ज भएका छन् । आजसम्म २ हजार ६ सय ५० जना डिस्चार्ज भएको उनले बताए ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने