तनहुँ । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाईरस (कोभिड–१९) को त्रासले शहर झरेकाहरु गाउँ फिरेका छन् । वैदेशिक रोजगारीमा गएकाहरु बेरोजगार हुन थालेपछि सरकारले उद्धार गरी ल्याउँदैछ ।
कोरोना संक्रमण तिब्र गतिमा फैलिरहदाँ कृषी उत्पादनमा जोड दिएर आत्मानिर्भर नहुने हो भने रोगले भन्दा भोकले छट्पटाउनुपर्ने अवस्था आउने विज्ञहरु बताउँछन् ।
सोही अनुरुप शुक्लागण्डकी नगरपालिकाले पनि कृषीलाई प्राथमिकता दिएर आगामी आर्थिक बर्ष २०७७÷०७८ का लागी निती तथा कार्यक्रम ल्याएको छ ।
बुधबार सातौँ नगरसभमा निती तथा कार्यक्रम प्रस्तुत गर्दै उपप्रमुख सविता रसाईलीले बाँझो जमिनलाई उत्पादनमुलक क्षेत्रमा प्रयोग गरी कृषी उत्पादन तथा उत्पादकत्व बढाउन प्रोत्साहन गरिने जानकारी दिईन् ।
नगरपालिकाले आफ्नै भू: उपयोग निती बनाउने, कृषीको व्यवसायिकरण र विविधीकरणमा जोड दिने निती छ ।
‘वैदेशिक रोजगारबाट फर्किएका बेरोजगार युवालाई उनीहरुको सिप, योग्यता, अनुभव र क्षमताको आधारमा युवा लक्षित कार्यक्रम सञ्चालन गरिनेछ’, निती तथा कार्यक्रममा उल्लेख गरिएको छ, ‘बढ्दो बेरोजगारीलाई न्यूनीकरण गर्न स्वारोजगारमुलक सिप बिकास तालिमको व्यवस्था गरिनेछ ।’
विगतका बर्षमा निर्धारण गरिएको कृषी उपज पकेट क्षेत्र र एक वडा एक उत्पादन कार्यक्रमलाई निरन्तरता दिई थप पकेट क्षेत्रको पहिचान गर्ने जनाईएको छ । कृषी हाटबजार सञ्चालनको प्रबन्ध मिलाउने, शित भण्डार निर्माण गर्ने रसाईलीले बताईन् ।
कोरोनाको प्रकोपबाट पाठ सिक्दै अन्य प्रकोप पनि फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सम्भावति प्रकोप नियन्त्रण तथा व्यवस्थापनका लागी तयारीसहितको बजेट व्यवस्था गर्ने उल्लेख छ ।
संघिय सरकारको मातहातमा रहेको जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारालाई यसै बर्षदेखी गण्डकी विश्वविद्यालयबाट सम्बन्धन लिएर अर्थात आफैले चलाउने व्यवस्था गरी शिक्षण अस्पताल चलाउने र कम्तिीमा तीन सय शैय्याको विशेषज्ञ सेवा, एक सय शैय्याको ओपिडी वहिरंग सेवा र एक सय शैय्याको सरुवा रोग नियन्त्रण उपचार सेवासहितको विशेषज्ञ सेवा अस्पतालमा बिकास गर्न प्रदेश र संघिय सरकारसंग अनुरोध गर्ने उपप्रमुख रसाईलीले बताईन् ।
उनका अनुसार वडास्तरका स्वास्थ्य संस्थालाई भवन नभएका ठाउँमा भवन निर्माण गर्ने र सेवाग्राहीको आधारमा प्राविधिक जनशक्तिको व्यवस्था हुनेछ ।
नगरपालिकाले १ अर्ब ७ करोड ७ लाख ३७ हजार ८ सय रुपैयाँ अनुमानित आय प्रस्तुत गरेको छ । संघिय सरकारबाट समानीकरण अनुदान चौध करोड एकसठ्ठी लाख, राजस्व बाडफाँडमा दश करोड एकतिस लाख नब्बे हजार रुपैयाँ, शशर्त अनुदानमा छत्तिस करोड उन्नाईस लाख रुपैयाँ प्राप्त गर्ने अनुमान छ ।
प्रदेश सरकारबाट समानीकरण अनुदान एक करोड छब्बीस लाख तेत्तिस हजार, राजस्व बाडफाँड एक करोड दुई लाख एकाउन्न हजार रुपैयाँ र समपुरक अनुदान एक करोड ५० लाख रुपैयाँ अनुमान गरिएको छ ।
आन्तरिक आम्दानी चौध करोड त्रिसठ्ठी लाख साठी हजार रुपैयाँ जिल्ला समन्वय समितिबाट एक करोड असी हजार रुपैयाँ, सामाजिक सुरक्षा भत्ता पन्ध्र करोड आउने अनुमान छ ।
कोरोनाका कारण चालु आर्थिक बर्षका योजना ५० प्रतिशत पनि सम्पन्न हुन नसक्ने अवस्था भएकाले आगामी बर्षको बजेटको आकार बढेको मेयर किसान गुरुङले बताए ।
शुक्लागण्डकीले चालु बर्षमा ८५ करोड ६८ लाख १२ हजार ८ सय ७५ रुपैयाँको बजेट ल्याएको थियो । उनले संघ र प्रदेश सरकारबाट आउने बजेटको सिलिङ अझै प्राप्त नभएकाले कार्यक्रम जुध्न सक्ने बताए ।
स्थानिय सरकारे बजेट आउनु अगावै सिलिङ दिनुपर्ने उनको माग छ ।
निती तथा कार्यक्रममाथी सुझाव दिदैँ गण्डकी प्रदेशसभा सदस्य आशा कोईरालाले संघ, प्रदेश र स्थानिय सरकारको समन्वयको आवश्यकता औल्याईन् । ‘एक्लाएक्लै हिँडेर कहीँ पुगीदैन्’, उनले भनिन्, ‘समन्वय गरेर अगाडी बढ्यौँ भने बिकास सम्भव छ ।’ समन्वयको अभावले संघ र प्रदेशका योजना प्रभावित बनेको जिकिर उनको छ ।
परिणाममुखी काम गर्दै गतबर्षको बजेटमा ल्याईएका नगरका गौरवका योजनाको समिक्षा गर्न सुझाव दिईन् । पुर्वमन्त्री समेत रहेकी कोईरालाले भनिन्, ‘नगरको सापेक्षता, स्रोतसाधन र आवश्यकताको आधारमा कार्यक्रम समयसापेक्ष छ । तर, कार्यन्वयन पुर्ण रुपमा हुन सकिरहेको हुदैँन् । निरन्तर क्रियाशिल भएमा मात्र कार्यन्वयन सम्भव छ ।’
नेपाल कम्युनिष्ट पार्टी शुक्लागण्डकी नगरकमिटिका अध्यक्ष मुक्तिनाथ तिम्लसिनाले कोरोनाका कारण विकारल स्थिती आउने भएकाले कृषि उत्पादानमा जोड दिन सुझाए ।
नेपाली कांग्रेसका नगरसभापति माधव भट्टराईले विगतका बर्षमा जस्तै परम्परागत ढंगले निती तथा कार्यक्रम आएको टिप्पणी गरे । ‘तथ्यगत छैन । महत्वकाक्षी योजना त आएको छ, कार्यन्वयन हुनै गाह्रो छ’, उनले भने । कोरोनाले थिलथिलो परेका व्यवसायीलाई राहातको कार्यक्रम नआउनु दुखद भएको उनको भनाई छ ।
शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष हरीकुमार श्रेष्ठले पनि स्थानिय सरकारको मेरुदण्डका रुपमा रहेका उद्योगी व्यवसायीलाई निती तथा कार्यक्रमले सम्बोधन नगर्नु दुखद भएको बताए ।
‘मेरुदण्डको करङ भाँचिए के हुन्छ ? त्यतातिर ध्यान दिईएन’, उनको गुनासो छ । असारे बिकास बजेटको अन्त्य हुनुपर्ने धारणा श्रेष्ठको थियो ।
नगरप्रमुख किसान गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा जनता समाजवादी पार्टीका नगर अध्यक्ष देउकुमार श्रेष्ठ, राप्रपा नगर अध्यक्ष नारायणप्रसाद खनाल, जनमुक्ती पार्टीका नगर अध्यक्ष जयबहादुर थापा, शुक्लागण्डकी नागरिक समाजका अध्यक्ष खेमराज खनाल, शुक्लागण्डकी उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त ज्वारचन लगायतले निती तथा कार्यक्रममा सुझाव दिदैँ प्रभावकारी कार्यन्वयन हुनुपर्नेमा जोड दिए । प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीले स्वागत गरेको कार्यक्रमको सञ्चालान प्रशासन शाखा प्रमुख लक्ष्मण लम्सालले गरेका हुन् ।
सम्बन्धित खबर
जीप दुर्घटनामा चालकको मृत्यु
म्याग्दीमा अब अनलाइनबाटै नागरिकताका कागपत्र बुझाउँदा हुने
कास्कीको मादीमा नागीधार महोत्सव सुरु
टिप्पर दुर्घटनामा एकको मृत्यु, चार घाइते
आगलागीबाट हजारौंको क्षति
फोनिज कास्कीको अध्यक्षमा बिनु थापा मगर
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी