पोखरा । स्याङ्जाका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसीयुमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्याङ्जाको सिरुवारी निवासी ५५ वर्षीय पुरुषको गएराति ११:३५ बजे मृत्यु भएको अस्पतालका सहप्रध्यापक डा. अर्जुन आचार्यले जानकारी दिए ।
उनलाई यही असार आठ गते अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य बिग्रिँदै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार गर्दागर्दै कोरोना संक्रमितको मृत्यु भएका स्याङ्जाका यी पुरुष दोस्रो व्यक्ति हुन् । यससँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने व्यक्तिहरुको संख्या २५ पुगेको छ ।
बिहिबार बिहान थप ११ जनामा कोरोना पुष्टि भएसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय ५३ जना पुगेको छ ।
सम्बन्धित खबर
६५ वर्षीय एक पुरुष मृत फेला
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
अयरपानीमा आँधीखोला फाउन्डेसनको परिकल्पना
वन उद्यम स्थापना सम्बन्धी अभिमुखीकरण एवं कार्यशाला गोष्ठी
दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव शुरु
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते