तनहुँँ । पृथ्वीराजमार्गको आँबुखैरेनी-मुग्लिन सडकखण्ड अन्तर्गत पर्ने ऐना पहरामा पहिरो खसेको छ । सुक्खा पहिरोका कारण तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहरा नजिकै सोमबार रातिदेखि पहिरो जाँदा उक्त राजमार्ग अवरुद्ध भएको हो ।

राजमार्ग अवरुद्ध भएपछि सयौँ सवारी साधन रोकिएका छन् । बिहान देखि आँबुखैरेनी-मुग्लिन सडकखण्ड अबरुद्ध बनेछी हजारौं यात्रुहरु अलपत्र परेका छन् ।

ऐना पहरा नजिकै सडकमाथिबाट खसेको पहिरो हटाउने कार्य सुरु भएको छ । सडक माथिबाट निरन्तर ढुंगा खसिरहेकोले सडकबाट पहिरो हटाउन समस्या भएको थियो ।
बिहान साढे ६ बजे खसेको पहिरोको कारण पूर्ण रुपले अवरुद्ध बनेको आँबुखैरेनी-मुग्लिन सडकखण्डमा मुग्लिन र डुम्रेबाट आएको डोजरले पहिरो हटाउने कार्य सुरु गरेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएको छ ।

प्रहरीले पहिरो हटाउन अझैं ३ देखि ४ घण्टा लाग्ने बताएपनि ढुंगा नखस्ने हो भने सो समय भन्दा छिटो पहिरो हटाउन सकिने डोजर चालकले बताएका छन् ।

पहिरो हटाउन समय लाग्ने देखिएको प्रहरीले जनाएको छ । वर्षा सुरु भएसँगै ठाउँ–ठाउँमा पहिरो गएर बाटो अबरुद्ध हुन सुरु भएको छ ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते