पोखरा । गण्डकी प्रदेशका थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको तनहुँ, बागलुङ, नवलपुर र मुस्ताङमा थप संक्रमित भेटिएका हुन् ।
तनहुँको व्यास नगरपालिकामा २७ र ४० वर्षीय पुरुषमा कोरोना संक्रमण भएको छ । त्यसैगरि बागलुङको गलकोट नगरपालिका, तारा खोला गाउँपालिका र बडिगाड गाउँपालिकामा २९ जना नयाँ संक्रमित भेटिएका छन् ।
त्यसैगरि नवलपुर (बर्दघाट सुस्ता पूर्व) को मध्य विन्दु नगरपालिकामा १८ जना नयाँ संक्रमित भेटिएका छन्।
गण्डकी प्रदेशको मुस्ताङ जिल्लामा पनि नयाँ संक्रमित भेटिएका छन् । मुस्ताङको घरपजोङ गाउँपालिका निवासी एकजना ८३ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।
योसँगै गण्डकीमा संक्रमितको संख्या ४८८ पुगेको छ । आजका सबैजना सम्बन्धित पालिकाका क्वारेन्टाइनमा रहेको स्वास्थ्य निर्देशनालय गण्डकी निर्देशक डा. बिनोदबिन्दु शर्माले बताए। उनीहरु सबैलाई नजिकैको आइसोलेसनमा लाने तयारी भइरहेको पनि उनले जानकारी दिएका छन ।
गण्डकीमा सबैभन्दा धेरै कोरोना संक्रमित नवलपुर जिल्लामा छन् । गण्डकीका अहिलेसम्म ३९ जना संक्रमित निको भएर घर फर्किएका छन् । एक जनाको भने मृत्यु भएको छ ।

सम्बन्धित खबर
तनहुँमा बालभिटा खुवाउन सुरु
एसइई दिएका विद्यार्थीलाई डिजिटल प्रविधिको तालिम
नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी संघ कास्कीको ११ औं वार्षिक साधारण सभा सम्पन्न
पोखरा–२८ मा कृषि गीत प्रतियोगिताः मातृशिशु कृषि समूह प्रथम
फोटो पत्रकारिता दिवसमा महाप्रभुधाम फोटो यात्रा
मैत्रीपूर्ण भलिबलमा टिम युनिटी र जिएण्डजी विजयी
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध