मुग्लिन-नारायणघाट सडक खण्डको कालीखोलमा पहिरो, सयौं सवारी साधन रोकिए

मुग्लिन-नारायणघाट सडक खण्डको कालीखोलमा पहिरो, सयौं सवारी साधन रोकिए

Muglin-Naranghat Road Bhid File Pic

File Photo.

मुग्लिन । मुग्लिन–नारायणघाट सडक खण्डको कालीखोलमा गएको पहिरोले गर्दा सो खण्डमा सवारी आवागमन अवरुद्ध हुन पुगेको छ ।
तीन दिन पहिला उक्त स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सो सडक खण्डमा सयौं सवारी साधन रोकिएको यात्रुहरुले बताएका छन् ।

यात्रु बासुदेव ढकालका अनुसार कालीखोलाबाट नारायणघाट र मुग्लिन दुवैतर्फ सवारी साधनहरु लामो लाम लागेका छन् । सडक अवरुद्ध बन्दा सयौ सवारी साधन र एम्वुलेन्स समेत रोेकिएको ढकालले जनाए ।

चितवन प्रहरीले पहिरोका कारण सडक अवरुद्ध भएको भन्दै खुलाउने प्रयास भइरहेको जनाएको छ । प्रहरीका अनुसार २ वटा जेसीवी र एक एक्साभेटर प्रयोग गरेर खुलाउने प्रयास भइरहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds