काठमाण्डौ – नेपालमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको कारण थप दुई जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कैलालीको गोदावरी ४ का ४६ वर्षीय पुरुष र कैलालीकै लम्कीचुहा नगरपालिका २ की ४३ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको हो । दुवै जनाको उपचारको क्रममा मृत्यु भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।
स्वास्थ्यमा समस्या आएपछि ४६ वर्षीय पुरुष कैलालीकै नवजीवन अस्पतालमा भर्ना भएका थिए । गएको जेठ ३१ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि उहाँलाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो । उहाँको असार ३ गते बेलुकी निधन भएको हो ।
यस्तै लम्कीचुहा नगरपालिकाकी महिलाको टाउकोमा चोट लागेपछि उपचारको लागि नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएको थियो । गएको जेठ ३१ गते अस्पताला भर्ना हुनुभएकी महिलाको असार २ गते सर्जरी गर्नुअघि नमुना सङ्कलन गरिएको थियो । उहाँको असार २ गते नै मृत्यु भएको प्रवक्ता गौतमले बताउनुभयो । भेरी अस्पतालमा भएको परीक्षणमा असार ३ गते कोरोना सङ्क्रमण पोजेटिभ देखिएको थियो ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ ।
सम्बन्धित खबर
आज नेपाली सेनाको दुई सय ६२ औँ स्थापना दिवस, सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह
आज महाशिवरात्रिः भगवान् शिवको पूजा–आराधना गरी मनाइँदै
आज देशभरको मौसम कस्तो रहन्छ?
अडियो काण्ड बाहिरिएपछि विष सेवन गरेका मन्त्रीका स्वकीय सचिवको मृत्यु
नवलपरासीमा प्रेम विवाहको विषयमा दुई पक्षबीच झडप, १९ जना घाइते
देश विकास हुँदैछ, युवा निराश हुनुपर्दैन: प्रधानमन्त्री
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु