काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको संविधान संसोधन दोश्रो विधेयक आजै प्रमाणित गर्ने भएकी छिन् । अतिक्रमित लिम्पियाधुरासहितको नेपालको सम्पूर्ण भूभाग समेटिएको नेपालको नयाँ नक्सा आज राष्ट्रियसभाबाट दुई तिहाई बहुमतले पारित भएको छ । यसअघि प्रतिनिधिसभाबाट गत जेठ ३१ गते संविधानको धारा ९ को उपधारा २ अन्तर्गत अनुसूची ३ मा रहेको निशान छापभित्र रहेको नेपालको नयाँ नक्सा राख्ने प्रस्ताव पारित भएको थियो ।
राष्ट्रियसभाबाट विधेयक पारित भएसँगै यसबारेको जानकारी प्रतिनिधिसभामा पठाइएको संघीय संसदका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए । प्रतिनिधिसभामा राष्ट्रियसभाबाट विधेयक पारित भएको जानकारी गराइने र सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणिकरण गर्नेछन् । त्यसपछि आजै राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति भण्डारीले विधेयक प्रमाणित गर्नेछिन् ।
भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक समावेश गरी सरकारले नयाँ नक्सा जारी गरेको थियो । सो नक्सा नेपालको निशान छापमा समावेश गर्नका लागि संविधान संशोधनको प्रक्रियालाई अघि बढाइएको थियो ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु