पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) की प्याथोलोजिष्ट डा. मोनी सुवेदी झण्डै ३ महिनादेखि अस्पतालमा समय र शरीर नभनी खटिएकी छन् । उनीसँगै स्वाब संकलन तथा ल्याब सामग्री व्यवस्थापनमा ल्याब टेक्निसियन शंकर भण्डारी, सन्दीप पोखरेल खटिएका छन्।
कोरोना परीक्षण तर्फ भने वीर अस्पतालबाट आएका जिनेटिक वैज्ञानिक श्रीराम बास्तोला, प्रदेशबाट मेडिकल ल्याब टेक्नोलोजिष्ट संगीता पौडेल, सुभद्रा दुलाल, अस्पतालका महेश्वर पोखरेल र सिर्जना देवकोटा खटिएका छन्। उनीहरू सुरूदेखि नै कोरोना परीक्षण गर्न ल्याबमा खटिएका छन्। उनीहरुको बिदाको समयमा अस्पतालले अन्यलाई खटाएको छ ।
डा. मोनी सुवेदी सिनियर डाक्टर हुन् । तर, उनी आफै स्वाब संकलनमा समेत खटिँदै आएको भनेर चर्चा सुरु भएको छ । बुधबार मात्रै ५९ जनाको (५० जना अस्पतालमा आएका र ९ जना कोरोना संक्रमित) नमुना संकलन भएको छ । आफू सिनियर हुँ, सिनियरले स्वाब संकलन गरेर बस्ने काम होइन नभनी उनले तल्लो तहका सहकर्मीसँगै मिसिएर काम गर्दै आएकाले उनको वाहवाही सुरु भएको हो । उनी आफै स्वाब संकलनमा अग्रसर हुन्छिन् र सिनियर जुनियर नभनी अन्य साथी सरह नै काममा खटिन्छन् ।

डा. मोनी सधैंजसो ल्याबमै ब्यस्त हुन्छिन् । पीपीई लगाएर घण्टौं काम गर्न असाध्यै असहज हुने उनको भनाई छ । जोखिम भए पनि सावधानी अपनाए बच्न सकिने तर धेरैजना संक्रमितको स्वाब लिन डार मान्ने कारण यसको व्यवस्थापन गर्न कठिनाई भइरहेको उनले स्वास्थ्य निर्देशनालय गण्डकीको फेसबुक कमेन्टमै उल्लेख गरेकी छन् ।
https://www.facebook.com/shankarbhandari293/posts/3565741550121337
सम्बन्धित खबर
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो