चीनसँग युद्वको स्थिति बनेपछि भारतले नेपाल आएका गोर्खा सैनिकलाई भन्योः ‘छिटो काममा फर्कनू’

चीनसँग युद्वको स्थिति बनेपछि भारतले नेपाल आएका गोर्खा सैनिकलाई भन्योः ‘छिटो काममा फर्कनू’

gurkha-regiment

चीनसँग भारतको तनावपूर्ण स्थिति बनेको छ । सीमा क्षेत्र लद्दाखमा युद्वको स्थिति बनेपछि नेपालमा छुट्टी मनाइरहेका गोर्खा सैनिकलाई भारतले फिर्ता बोलाएको छ। नेपाल आएका भारतीय सेनामा कार्यरत गोर्खालीहरू भारतमा कोरोना भाइरसको संक्रमणका कारण बिदा लम्याएर बसिरहेका थिए । तर चीनसँग उत्तरी सीमा विवाद चुलिएपछि भारतीय सेनाले छुट्टी मनाइरहेका गोर्खालीलाई काममा फर्कन निर्देशन दिएको बुझिएको छ ।

रुपन्देहीको बेलहिया नाकाबाट भारतीय सेनामा भर्ती भएका डेढ दर्जन गोर्खा रेजिमेन्ट सैनिकहरु भारत प्रवेश गरेको त्यहाँको प्हरीले जनाउको छ । प्रहरीका अनुसार केही दिनयता भारतीय सेनामा भर्ती भएका नेपालीहरु भारत जाने क्रम बढेको थियो। अहिले पनि गइरहेका छन् ।

दुई दिनदेखि गोर्खाली सेना नेपालबाट भारत प्रवेश गर्न थालेको भारतीय सञ्‍चार माध्‍यमले उल्लेख गरेका छन्। भारतीय सेनामा १ लाखको हाराहारीमा नेपाली कार्यरत छन्। गोर्खा रेजिमेन्टअन्तर्गत भारतीय सेनामा कार्यरत नेपालीहरू सन् १९४७ मा भारत स्वतन्त्र भएदेखि चीन र पाकिस्तानसँग जोडिएको नाकामा अत्याधिक मात्रामा कार्यरत छन्।

भारतमा नेपाली सेनाको उपस्थिति सन् १८१५ देखिको मानिन्छ, जब ब्रिटिश सत्तासँग नेपालको कुमाउँमा हार भएको थियो। सन् १९४७ मा ब्रिटिश शासकले भारतलाई सत्ता सुम्पिएर जाँदा गोर्खाली सेनाको चार रेजिमेन्ट आफूले र भारतलाई ६ रेजिमेन्ट छोडेर गएका थिए।त्यो बेलादेखि नै नेपालीहरू भारतीय सेनामा कार्यरत छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ