सोमबार राती लद्दाखको गलवान उपत्यकामा चीन र भारतको सेनाबीच भएको झडपमा २० भारतीय सैनिक मारिए। आफ्ना थप १५ सैनिक बेपत्ता भएको भारतले जनाएको छ। केही समययता लद्दाखको गलवान क्षेत्रमा चिनियाँ सेना प्रवेश गरेकाले विवाद बढेको भारतीय पक्षको भनाइ छ । गलवान उपत्यकामा भारत-चीनको लद्दाख सीमा रेखाको क्षेत्र हो । भारतीय सेनाले सो रात दुई पटकसम्म दुई देशबीचको सीमा छुट्याउने ‘लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी)’ पार गरेर आक्रमण थालेपछि आफूहरुले प्रतिवाद गरेको चीनले बताएको छ। भारतले चाहिँ सीमा विवादबारे वार्ता गर्न जाँदा चिनियाँ सैनिकले आफ्ना सैनिक मारिदिएको आरोप लगाएको छ। झडपमा भारतीय सेनाका कमाण्डिङ अधिकृत नै मारिएका छन्।
चिनियाँ सैनिकहरूले भारतीय सैनिकको शव एकपछि अर्को गरी पठाएका थिए। केही भारतीय सैनिकहरु नदीमा खसेको बताइएको छ। नदीमा अहिले पनि सैनिकको शव भेटिइरहेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन्। ज्यान गुमाएका २० मध्ये १६ सैनिक बिहार रेजिमेन्टका रहेको खुलेको छ। तीन सैनिकलाई गोली लागेको दावी भारतीय सैनिक सूत्रले तीन सैनिकलाई गोली लागेको दावी गरेको छ। चीनले ४५ जना भारतीय सैनिकलाई कब्जामा लिएको र यीमध्ये २५ जनालाई मात्र छाडिदिएको भनिएको छ। १३५ जना भारतीय सैनिक घाइते भएको बताइएको छ।
भारतीय अनलाइन दैनिक भास्करका अनुसार सोमबार रात १२ देखि २ बजेसम्म लद्दाखको गलवान उपत्यकामा दुई देशका सैनिकबीच झडप भएको थियो। यो घटनाबारे दिल्लीलाई पनि कुनै जानकारी थिएन।
भारतीय दाबी : कमाण्डिङ अफिसरसहित ४० भन्दा बढी चिनियाँ सेना मारिए
भारत र चीनका सेनाबीच गलवान घाँटीमा भएको झडपलाई लिएर विभिन्न दाबी बाहिर आइरहेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार सो झडपका क्रममा ४० जनाभन्दा बढी चिनियाँ सेना मारिएको दाबी गरेका छन् । जसमा चिनियाँ सेनाका एक कमाण्डिङ अफिसरसमेत रहेको दाबी गरिएकाे छ ।
भारतीय पक्षले ठूलो संख्यामा चिनियाँ सेना मारिएको दाबी गरे पनि अहिलेसम्म चीनले यसबारेमा आधिकारिक रूपमा केही बताएको छैन । १५–१६ जूनको राति गलवान घाँटीमा दुई देशका सेनाबीच भएको झडपमा भारतका कमाण्डिङ अफिसर सन्तोष बाबुसहित २० जना मारिएका थिए ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते