तनहुँ । तनहुँको पृथ्वी राजमार्ग अन्तर्गत डुम्रे दमौली सडकखण्डको बन्दिपुर १ नाहालामा ट्रक र कार एकआपसमा ठोक्किदा दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी कार चालक सहित ३ जना घाइते भएका छन् ।
बन्दिपुरबाट पोखरा तर्फ जादै गरेको ग २ च ६१६९ नम्बरको कार र पोखराबाट डुम्रेतर्फ आउदै गरेको ना ४ ख १५८१ नम्बरको ट्रक नाहालामा एकआपसमा ठक्कर खादा उक्त दुर्घटना भएको हो ।
बुधबार बिहान भएको सडक दुर्घटनामा ३ जना घाइते भएकोमा कार चालक र अर्का एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते हुनेमा बन्दिपुर २ खहरेका वर्ष २३ का सुबास कुवर, वर्ष ४७ केहरसिह कुवर र वर्ष १८ सैलजा कुवर रहेका छन् ।
घाइतेको डुम्रे स्थित लक्ष्मी अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि गम्भीर घाइतेहरु मध्य एक जनालाई पोखरा र अर्का एक जनालाई काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेले जनाएको छ ।
सामान्य घाइते सैलजा कुवरको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको छ । ट्रकका चालक डुम्रे प्रहरीको नियन्त्रणमा रहेको प्रहरी प्रमुख जितेन्द्र श्रेष्ठले बताए ।
सम्बन्धित खबर
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते