पोखरामा २५ वर्षदेखि मणिपाल मेडिकल कलेज सञ्चालनमा छ । भारतको सिक्किम स्थित मणिपाल एजुकेशन एण्ड मेडिकल ग्रुप अन्तर्गत सञ्चालित रहेकोले यो अस्पतालका उच्च ओहदाामा भारतीय नागरिक हुने भइहाले । यसकारण पनि मिडियासम्म अस्पतालको कम्युनिकेशन कनेक्शन ब्रेक छ ।
विभिन्न घटनामा समेत अस्पतालका अधिकारी सम्पर्कमा आउँदैनन् । अस्पतालमा उपचारका क्रममा बिरामीको निधन जहाँ पनि हुन्छ । असन्तुष्टि जनाउँदै मृतकका आफन्त आन्दोलित हुन्छन् । मणिपालमा हुने घटनामा अस्पतालको भनाई बुझ्न अन्य अस्पताल भन्दा निकै कठिन छ । उसले अस्पतालको धारणा विरलै विज्ञप्ती मार्फत सार्वजनिक गर्छ । अस्पतालमा वर्षौंसम्म कर्मचारीको आन्दोलन पनि रह्यो । अस्पताल प्रशासनको आधिकारीक भनाई लिन पनि पत्रकारलाई निकै असहज थियो । तर आफ्नो फाइदाका लागि भने मणिपालले आफै मिडिया गुहारेको छ ।
कोरोना महामारीले सबै क्षेत्रमा नकरात्मक प्रभाव पार्दा बिजनेश डामाडोल छ । मणिपाल अस्पतालमा पनि उपचाररत पुरुषमा गत जेठ ३० गते कोरोना संक्रमण पुष्टि भयो । त्यसपछि मणिपाल जान बिरामी डराए । अस्पतालले ३ दिन नबित्दै मिडिया-मिडियामा विज्ञप्ती पठाएर ‘आफ्नो अस्पतालबाट कोरोना नसरेको स्वतः सिद्ध भयो’ भनेको छ ।
अस्पतालका सिइओ एवं प्राचार्य प्रा.डा. डिसी अग्रवालको नाम उल्लेखित विज्ञप्तीमा अस्पतालबाट उपचारका लागि आएका पर्वतको कुश्माका युवकमा कोरोना नसरेको दावी गरिएको छ । युवकको उपचारमा खटिएका ७६ जनाको स्वाब संकलन गरी परीक्षणको लागि पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको भन्दै मणिपाल अस्पतालबाट कोरोना नसरेको दावी गरेको हो ।
तर, एक पेज लामो विज्ञप्तीमा कहिँकतै सञ्चारमाध्यममा आएको गम्भिर लापबारबाही बारे भने प्रतिक्रिया दिएको छैन । जेठ २२ गते सडक दुर्घटनामा परी अस्पतालमा उपचाररत रहेका पर्वतको कुश्मा नगरपालिकाका ३५ बर्षीय पुरुषमा उपचारकै क्रममा जेठ ३० गते कोरोना पुष्टि भएको थियो । बाइक दुर्घटनामा परेका पर्वतका ति पुरुषको टाउकोको अप्रेशन गरिसकेको अस्पतालले हाडजोर्नीको अप्रेशन अघि स्वाब निकालेर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । त्यसपछि उनलाई तत्काल कोरोना विशेष हस्पिटलका रुपमा रुपान्तरण गरिएको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाएको थियो । मणिपालले गण्डकी हस्पिटलका डा. अर्जुन आचार्यसँग समन्वय नगरी साधारण बिरामी सरह नर्मल एम्बुलेन्समा सुरक्षाका उपाय अवलम्बन नगरी लापरबाही ढंगले कोरोना संक्रमित पठाएको थियो । संक्रमित मृत्यु भएको खण्डमा शवबाट कोरोना सर्ने सर्ने कति सम्भावना हुन्छ ? त्यसबारे विज्ञानले पुष्टि गर्न सकेको छैन । तैपनि, शवलाई त सुरक्षित ढंगले व्यवस्थापन गरिन्छ । जीवित संक्रमितलाई मणिपालले निकै लापरबाही ढंगले पठाएको थियो ।
मनिपालमा उपचाररत रहँदा संक्रमण पुष्टि भएको पुरुषको कुनै ट्राभल हिष्ट्री नभएको भन्दै धेरैले अस्पतालबाट नै कोरोना सरेको अनुमान लगाउदै आएकोमा अस्पतालले ‘उपचारमा संलग्न सबैको रिपोर्ट नेगेटिभ आएकोले अस्पतालबाट कोरोना नसरेको स्वतः सिद्ध भएको’ बताएको छ ।
‘संक्रमण पुष्टि भएलगत्तै चिकित्सक, नर्स, ल्याब टेक्निसियन, सरसफाइकर्मी तथा अन्य कर्मचारी गरी ७६ जनाको स्वाब संकलन गरि जेठ ३० गते नै पठाइएको थियो, त्यसमा सबैजनाको रिपोर्ट नेगेटिभ भएको जानकारी प्राप्त भएको छ । तसर्थ उक्त बिरामीलाई मणिपाल शिक्षण अस्पतालबाट कोभिड -१९ संक्रमण नसरेको नसरेको स्वतः सिद्ध हुन्छ’ , विज्ञप्तीमा भनिएको छ ।
मणिपाल अस्पतालमा उपचाररत बिरामीमा संक्रमण भेटिएपछि अस्पतालले न्युरो आईसीयूका सेवा बन्द गरी अस्पतालमा कार्यरत नर्स, डाक्टर र बिरामीको वार्डमा सँगै रहेका अन्य बिरामीको पनि स्वाब लिइ परीक्षण गराएको थियो ।
अस्पतालले संक्रमितको उपचारमा खटिएको टोलीको विकल्पमा बनाइएको अर्को टोलीले अन्य बिरामीलाई निरन्तर सेवा दिइरहेको उल्लेख गर्दै अस्पताल प्रवेश गर्दा नै हात धुने, स्यानिटाइज गर्ने व्यवस्था गरिएको जनाएको छ ।
सम्बन्धित खबर
रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता
‘पोखरा एक्स्चेन्ज एण्ड टेस्ट ड्राइभ कार्निभल’ सम्पन्न, २ सय भन्दा बढीले गरे टेष्ट ड्राइभ
१२ औं क्यान इन्फोटेकको टाइटल स्पोन्सरमा ‘यूएनभी’
टाइगर कप भलिबल हेर्न अनलाइन टिकट व्यवस्था, थाइल्याण्ड र श्रीलंका टीम खेल्दै
उपकार बचतको वार्षिकोत्सवमा ज्येष्ठ नागरिकलाई सहयोग
गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
गोवामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित दुईजनाको मृत्यु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी