नेपालमा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६ हजार ५९१ पुग्यो

नेपालमा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६ हजार ५९१ पुग्यो

Corona update 1

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३८० कोरोना संक्रमित बढेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा कोरोनाका थप संक्रमित थपिएको जानकारी दिएका हुन् ।

देशका विभिन्न प्रयोगशालमा भएको परीक्षणमा झापा, सुनसरी, पाँचथर रौतहट, पर्सा, गोरखा, नवलपरासी, अछाम, बैतडी, डोटी, कञ्चनपुर कैलाली, वाँके, बर्दिया, सप्तरी, नवलपरासी पूर्व, अर्घाखाँची, रुपन्देही, दैलेख, सुर्खेत, धनुषा, रामेछाप, सल्यान, दाङ, काठमाडौ, महोत्तरी, मोरङ रोल्पा सर्लाहीमा थप ३८० कोरोना संक्रमित थपिएका हुन् ।

यससँगै संक्रमितको संख्या ६ हजार ५ सय ९१ जना संक्रमित पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए ।

सरकारले हालसम्म पीसीआर विधिबाट एक लाख ४३ हजार ७ ३८ र आरडीडीटीबाट २ लाख २३ हजार ५१९ जनको परीक्षण गरेको जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds