देशका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७७/७८ को बजेट आज सार्वजनिक गरेको छ। प्रदेश सरकारहरुले दोस्रो पटक वार्षिक बजेट सार्वजनिक गरे । संविधानतः संघ सरकारले जेठ १५ मा बजेट घोषणा गरेको छ भने अन्तर सरकारी वित्त व्यवस्थापन ऐनले प्रदेश सरकारले असार १ मा बजेट सार्वजनिक गर्नुपर्ने उल्लेख गरेको छ।
प्रदेश सरकारहरूले आ-आफ्नो प्रदेशअनुरुप प्राथमिकता निर्धारण गरेर बजेट तयार पारेको जनाएका छन् । कोरोना भाइरस (कोभिड-१९) को महामारीका कारण यसपटकको बजेटले स्वास्थ्य तथा कृषि क्षेत्रलाई प्राथमिकतामा राख्ने प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रीहरूले जानकारी दिएका छन् ।
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेशसभाको छैटौं अधिवेशनको १९ औं बैठकमा अर्थमन्त्री किरण गुरुङले चालु खर्चतर्फ १४ अर्ब ८४ करोड २६ लाख ८४ हजार विनियोजन गरिएको जनाए ।
यस्तै, पुँजीगत खर्चतर्फ १९ अर्ब ९९ करोड ९४ लाख ७६ हजार विनियोजन गरिएको छ भन वित्तीय सुधारका लागि ५० करोड छुटाइएको छ । यो बजेट चालू वर्षको भन्दा २ अर्ब ७० करोड, ७३ लाख ६८ हजारले बढि हो । गत वर्ष ३२ अर्ब १३ करोड ४७ लाख ९२ हजारको बजेट सार्वजनिक गरिएको थियो ।
आगामी आर्थिक वर्षको बजेटमा खर्च ब्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ७ अर्ब ११ करोड २६ लाख, ससर्त अनुदान ४ अर्ब ८४ लाख, समपूरनक अनुदान १ अर्ब ४९ करोड ६९ लाख, विशेष अनुदान ५४ करोड, राजस्व बाँडफाँडबाट प्राप्त हुने ७ अर्ब ५७ करोड ३७ लाख, रोयल्टीमार्फत ३० करोड, आन्तरिक राजस्वबाट प्राप्त हुने ४ अर्ब ६० करोड ८५ लाख रुपैयाँ अनुमान गरिएको छ ।
[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”46238″ /]
कोरोनालाई लक्षित गरी झण्डै ३ अर्ब
गण्डकी प्रदेश सरकारले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम, नियन्त्रण र उपचारलगायत कार्यक्रम लक्षित गर्दै २ अर्ब ९१ करोड ७६ लाख रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री गुरुङले गुणस्तरीय क्वारेन्टाइन निर्माण र संचालन, संक्रमितको उपचारका लागि विशेष अस्पताल र आइसोलेसन कक्षको स्थापना र सञ्चालन, सबै जिल्ला अस्पतालमा शय्या थप र सघन उपचार कक्ष स्थापना, पीसीआर परीक्षण औषधि उपकरण खरिद तथा कोषको लागि ६० करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको जनाएका हुन् ।
कोरोना लक्षित हुनेगरी संघ र स्थानीय तहको साझेदारीमा व्यावसायिक तथा सीप विकास तालिम केन्द्रमार्फत तालिमका लागि १० करोड ५० लाख र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्रमार्फत हुने तालिमका लागि ९ करोड ८९ लाख बजेट छुट्टाइएको छ । कृषितर्फ कोभिड–१९ लक्षित १८ करोड ५० लाख र पर्यटनतर्फ २ करोड ५ लाख छुट्टाइएको छ ।
व्यवसाय जीवन रक्षा कोषमा १ अर्ब
गण्डकी प्रदेश सरकारले कोरोना महामारीबाट धरासयी हुनबाट उद्योग धन्दालाई जोगाउन १ अर्ब बजेट विनियोजन गरेको छ । मन्त्री गुरुङले व्यवसाय जीवन रक्षा कोषका लागि १ अर्ब विनियोजन गरेको जानकारी दिए ।
प्रदेश सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई निरन्तरता दिएको छ । कार्यक्रमलाई कोभिड–१९ को प्रभाव र असर न्यूनिकरण, पुँजी निर्माण तथा रोजगारी सिर्जना गर्ने पूर्वाधार विकासका योजना सञ्चालन गर्नेगरी निरन्तरता दिइएको मन्त्री गुरुङले बताए । आगामी आर्थिक बर्षका लागि अनुत्पादक क्षेत्रको खर्च कटौती समेत गरेको छ
गण्डकी विश्वविद्यालयलाई ४२ करोड ७५ लाख
प्रदेशले बनाउने गण्डकी विश्वविद्यालयका लागि ४२ करोड ७५ लाख रुपैयाँ विनियोजन पनि गरिएको छ । जलवायु कृषि कार्यक्रमलाई ४ करोड २६ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । मुस्ताङ, मनाङमा स्याउ उत्पादन कार्यक्रम, एक बाली एक उत्पादन कार्यक्रमलाई निरन्तरता दिन बजेट छुट्याइएको छ ।
नेपाल ट्रस्टको नाममा रहेको पोखरा लेकसाइडस्थित हिमागृह र रत्नमन्दिरको संरक्षणका लागि बजेट विनियोजन गरेको गरिएको छ । समग्र प्रदेशको पर्यटन क्षेत्रको उत्थानका लागि २७ करोड ४५ लाख बजेट विनियोजन भएको छ ।
अहिले प्रदेशसभा सञ्चालन गरिरहेको पोखरा सभागृह मर्मतका लागि पोखरा महानगरपालिकासँगको समन्वयमा १ करोड रुपैयाँ विनियोजन गरेको मन्त्री गुरुङले जानकारी दिए ।
https://www.facebook.com/gandaknews/videos/328095304852504/
सम्बन्धित खबर
रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता
‘पोखरा एक्स्चेन्ज एण्ड टेस्ट ड्राइभ कार्निभल’ सम्पन्न, २ सय भन्दा बढीले गरे टेष्ट ड्राइभ
१२ औं क्यान इन्फोटेकको टाइटल स्पोन्सरमा ‘यूएनभी’
टाइगर कप भलिबल हेर्न अनलाइन टिकट व्यवस्था, थाइल्याण्ड र श्रीलंका टीम खेल्दै
उपकार बचतको वार्षिकोत्सवमा ज्येष्ठ नागरिकलाई सहयोग
गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
गोवामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित दुईजनाको मृत्यु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी