मोटरसाइकल किनेको खुशीमा साथीलाई पार्टी दिन निस्केका पोखराका अमित सेतीमा मृत भेटिए

मोटरसाइकल किनेको खुशीमा साथीलाई पार्टी दिन निस्केका पोखराका अमित सेतीमा मृत भेटिए

seti

पोखरामा एक युवक मृत भेटिएका छन् । पोखरा महानगरपालिका–३३ बाघमारा चौर पट्नेरीका २० बर्षीय अमित रसाइली मृत अवस्थामा भेटिएका हुन् । रसाइलीको शव आइतबार बिहान ७ः१० बजे पोखरा–३२ स्थित सेती नदिको बिचमा भेटिएको भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्र वावु रेग्मीले जानकारी दिए ।

शनिबार रातको करिव ९ बजे मोटरसाइकल किनेको खुसियालीमा साथीहरुलाई पार्टी दिन भनेर घरबाट हिँडेका उनी बेपत्ता भएका थिए । रसाइली हराएको भनि आइतबार बिहान ३ः३० मा खबर पाएपछि कास्की प्रहरीले खोजतलास सुरु गरेको थियो । खोजतलासका क्रममा विहान सेतीमा शव भेटिएको थियो । प्रहरीले रसाइलीसँगै गएका ४ जना साथीहरुसँग सोधपुछ गरी थप अनुसन्धान गरिरहेको रेग्मीले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ