तनहुँ । जनताको सेवा प्रवाहलाई ध्यान दिर्दै तनहुँको म्याग्दे गाउँपालिकाले बिहान देखि साँझ सम्म सेवा प्रवाह गर्ने भएको छ ।
असार १ गते देखि लागु हुने गरी म्याग्दे गाउँपालिकाले कार्यालय बिहान ८ बजेबाट साँझ ६ बजेसम्म जनातालाई सेवा प्रवाह गरिने गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले बताइन ।
‘आर्थिक वर्षको समय कम छ,’ उनले भनिन,‘ त्यसैले बिहान देखि साँझ सम्म गाउँपालिकाको कार्यालय खोल्ने निर्णय गरेका हौं ।’ सेवाग्राहीको काम यही आर्थिक वर्ष भित्र सक्नुपर्ने हुन्छ ।
गाउँपालिकाबाट कागजात समयमा बनाए सदरमुकाम रहेका सरकारी कार्यालय छिटो काम गर्न सहज हुन्छ । कोरोनाका कारण सेवाग्राहीको कतिपय काम रोकिएका छन ।
गाउँपालिकाका कारण कुनैपनि सेवाग्राहीको काम नरोकियोस भन्ने मुख्य उद्देश्यले सो निर्णय भएको म्याग्दे गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको निर्णयलाई कार्यान्वयन गर्नका लागि प्रशासन र योजनाका काम बिहान देखि साँझ सम्म सेवा प्रवाह गरिने प्रमुख प्रशाकीय अधिकृत हरिराम नागिलाले बताए ।
उनका अनुसार सम्बन्धी निकायका कर्मचारीलाई खटाइसकिएकाले सेवाग्राही काम फटाफट हुन्छ । प्रशासनिक काम र योजनाका गाउँपालिका सम्बन्धी कुनै पनि सेवा प्रवाह नोरिकिने बताए ।
सम्बन्धित खबर
मुग्लिन–पोखरा बाटो सहज बन्दै
तनहुँको विमलनगर खण्ड आजदेखि एक महिना आंशिक बन्द हुने
तनहुँमा ‘स्वाइन फिभर’ले बङ्गुर मरेपछि ओसारपसारमा रोक
प्रजातन्त्र दिवसको अवसरमा देवघाट गाउँपालिकामा दीप प्रज्जवलन
बन्दीपुरमा वडाध्यक्षको कुटपिटबाट वडा सचिव घाइते
१५ वर्षपछि दमौलीमा फेरि थालियो सामूहिक गहुँखेती
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते