एमसीसी पारित गर्न ओली पक्षले फेरि बामदेवलाई मूर्ख बनाउँदै !’अब तपाईं उपप्रधान तथा अर्थमन्त्री’

एमसीसी पारित गर्न ओली पक्षले फेरि बामदेवलाई मूर्ख बनाउँदै !’अब तपाईं उपप्रधान तथा अर्थमन्त्री’

bamadevv

भोलिलाई नेकपाको सचिवालय बैठक बोलाइएको छ । त्यहि मेसोमा वामदेव गौतमलाई अर्थमन्त्री बनाउने भन्दै ‘हरियो घाँस’ देखाउन थालिएको बताइन्छ । अर्थमन्त्री खतिवडालाई हटाएर गौतमलाई अर्थमन्त्री बनाउने भनिएको धेरै अघिको प्रस्ताव पुनः ब्युँताइएको हो । गौतमसमक्ष हालै एउटा प्रस्ताव पुगेको छ ‘तपाईंलाई पार्टी वा सरकारमा जे जस्तो जिम्मेवारी दिने हो,हामीले दिने हो । माधव, झलनाथ वा प्रचण्डले होइन, यसलाई त्यसरी नै बुझ्नुहोला कमरेड !’

प्रधानमन्त्रीले राखेको प्रस्ताववारे बेलिबिस्तार लाउँदै स्रोत भन्छ ‘तपाईंलाई प्रधानमन्त्री बनाउन यतिखेर संविधान नै बाधक भयो । हिजो जे भयो, भयो । अब तपाईं उपप्रधानमन्त्रीसहित अर्थमन्त्रीको लागि तयार हुनुहोस् ।’ प्रस्ताव सुनेपछि कसैले सोधेको थियो ‘उहाँलाई उपप्रधानमन्त्री बनाएपछि ईश्वर कमरेडलाई के गर्नुहुन्छ नि ?’ ‘ईश्वरलाई पार्टीभित्र व्यवस्थापन गरिन्छ । किन चिन्ता लिनुहुन्छ !’ आएको जवाफ यही हो ।

गौतमलाई थप भनिएको छ ‘तपाईं एउटा विकासवादी सोच भएको नेता हुनुहुन्छ । हिजोका दिनमा तपाईंले सहयोग नगर्नुभएको भए न ओली कमरेड अध्यक्ष बन्नुहुन्थ्यो,न प्रधानमन्त्री नै । त्यसैले तपाईंको गुन तिरिन्छ ।’ भोलिको सचिवालय बैठकमा यहि पासा फालेर सम्भवतः वामदेव गौतमलाई फेरि मूर्ख बनाई आवश्यक बहुमतका साथ एमसिसी पारित गराउने रणनीति रहेको बुझिएको छ ।

पछिल्लो केही समयदेखि सचिवालयमा वामदेव गौतमको निर्णायक भूमिकाका कारण धेरैवटा विषयमा प्रधानमन्त्री अल्पमतमा पर्दै र फेरि फकाएर उम्कदै आउनुभएको छ । प्रतिनिधिसभाको निर्वाचनमा पराजित व्यक्ति उक्त संसदको कार्यकालभर मन्त्री बन्न नपाउने संवैधानिक व्यवस्था छ । तर,बालुवाटार स्रोतले आफ्नै ढंगले गरेको व्याख्यामा गौतमलाई राष्ट्रिय सभामा मनोनित गरेर उपप्रधानमन्त्री तथा अर्थमन्त्री बनाउन कुनै संवैधानिक अवरोध छैन ।

संवैधानिक व्यवस्थाको सुविधाअनुकूल व्याख्यामा ‘प्रतिनिधि सभाको निर्वाचनमा पराजित व्यक्तिलाई सोझै मन्त्री बनाउन मिल्दैन । तर, त्यस्तो व्यक्तिलाई राष्ट्रिय सभामा मनोनित गरेर मन्त्री बनाउन कुनै बाधा हुँदैन । तर, सांसद हुन पाउने अनि त्यहि सांसद मन्त्री हुन नपाउने भन्ने संविधानको परिकल्पना होइन । दुबै संसदका सबै सांसदले मन्त्री बन्ने अधिकार राखेका हुन्छन् । यस्तो अवस्थामा गौतमलाई सांसदमा मनोनयन गरेर मन्त्री बनाउन सकिन्छ ।’ भन्ने निचोड निकालिएको स्रोतको दाबी छ ।

केही साताअघि कमल थापालाई राष्ट्रिय सभामा मनोनित गरेर परराष्ट्र मन्त्री बनाउने चर्चा चलाउनु यतिखेर अर्थपूर्ण देखिएको छ । गौतमको सन्दर्भमा गरिएको पछिल्लो संवैधानिक व्याख्यालाई थापाको नियुक्तीसँग पनि जोडेर हेर्नुपर्ने एकथरी बताउँछन् । संविधान संशोधन गरेर राष्ट्रिय सभामा मनोनितको संख्या हालको तीनबाट बढाएर नौ पुर्याउन चलाइएको चर्चाले पनि खतिवडा, थापालगायतलाई व्यवस्थापन गर्न सकिने निश्कर्षमा बालुवाटार र शील निवास दुबै पुगेका थिए ।

राष्ट्रिय सभामा मनोनितको संख्या बढाउनुपर्नेमा शीतल निवासको पनि ठूलै चासो देखिन्छ । विगतमा राजाले २५ जना र संविधान सभामा राष्ट्रपतिद्वारा २६ जना सांसद मनोनित गरिएको नजिरलाई शीतल निवासले बिर्सेको छैन ।

(जनआस्थाबाट, शीर्षक परिवर्तन)

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ