मनिपालमा उपचाररत पर्वतका पुरुषलाई कोरोना पुष्टि, दुई दर्जन क्वारेन्टाइनमा

मनिपालमा उपचाररत पर्वतका पुरुषलाई कोरोना पुष्टि, दुई दर्जन क्वारेन्टाइनमा

Manipal Teaching

पोखरा । पोखराको मनिपाल अस्पतालमा उपचाररत पर्वतका एक पुरुषमा कोरोना पुष्टि भएको छ । अस्पतालमा उपचाररत  कुश्मा नगरपालिकाका- ३ का ३५ बर्षीय पुरुषमा कोरोना भाइरस देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ ।

उनी जेठ २२ गते मोटरसाइकल दुर्घटना भएपछि उपचारका लागि अस्पताल आएको खुलेको छ । २ दिनसम्म बेहोस उनको टाउकोको शल्यक्रिया अघि स्वाब संकलन गरेर परीक्षण गर्दा नतिजा पोजेटिभ देखिएको हो । २५ गते उनको स्वाब लिइएको र शुक्रवार पोजेटिभ आएको अस्पताल स्रोतले जानकारी दियो ।

मनिपालको न्युरो आईसीयू बन्द 

बिरामीमा कोरोना संक्रमण देखिएपछि अस्पतालको न्युरो वार्ड बन्द हुने भएको छ । अस्पतालमा कार्यरत दर्जन बढी नर्स, डाक्टरसहित करीब दुई दर्जन स्वास्थ्यकर्मी अस्पतालकै क्‍वारेन्टिनमा बस्‍ने भएका छन् । उनीहरुको पनि स्वाब संकलन गरिने भएको छ ।पुरुष रहेकै वार्डमा रहेका ४ अन्य बिरामीको पनि स्वाब कोरोना परीक्षण गरिने भएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल सारिए

कोरोना संक्रमित ती बिरामीलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसन वार्डमा सारिएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई सरकारले कोरोनाको डेडिकेटेड अस्पताल तोकेको कारण अन्य स्थानमा फेला परेका संक्रमितलाई पनि अस्पतालकै आइसोलेसनमा राखेर उपचार गरिन्छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds