पोखरा । गण्डकी प्रदेशका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नवलपुरमा ४ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या १९२ पुगेको छ । शुक्रबार बर्ष १८, ३२, ५८ र ५९ का ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
उनीहरु चारै जना नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व), हुप्सेकोट गाउँपालिकाको क्वारेन्टाइनमा रहेका पुरुषहरु रहेको निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार उनीहरुलाई रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसन कक्षमा राखिएको छ ।
आज शुक्रवार नै पर्बतका १३ जना पुरुष, स्याङ्जाका २२ जना पुरुष , तनहुँका १ जना पुरुष र नवलपुरका १ जना गरी ३७ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
गण्डकी प्रदेशमा हालसम्म बागलुङमा ३७ जना पुरुष तथा ३ महिला , स्याङ्जाका ५९ जना पुरुष तथा १ महिला, नवलपरासी बर्दघाट सुस्ता पूर्वकका ४० जना पुरुष तथा २ महिला, लमजुङका १ जना, म्याग्दीका ३ जना पुरुष र तनहुँका ४ जना पुरुष, पर्वतका २२ जना पुरुष, गोरखाका १४ जना पुरुष र १ महिला तथा कास्कीका ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशमा संक्रमण देखिने जिल्लाको संख्या ९ रहेको छ ।
संक्रमित मध्ये ११ जना निको भइ घर फर्किसकेका छन् । गण्डकी प्रदेशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ रहेको छ । मनाङ र मुस्ताङबाहेक बाँकी सबै ९ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् ।

सम्बन्धित खबर
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो