तनहुँका एक सहित गण्डकी प्रदेशका थप ३७ जनामा कोरोना, संक्रमितको संख्या १८८ पुग्यो

तनहुँका एक सहित गण्डकी प्रदेशका थप ३७ जनामा कोरोना, संक्रमितको संख्या १८८ पुग्यो

corona

पोखरा । तनहुँका एक जनासहित गण्डकी प्रदेशका थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तनहुँको घिरिङ गाउँपालिकाका १९ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यसअघि ऋषिङ गाउँपालिकाका ३ जनामा कोरोना संक्रमण देखिएको थियो । तनहुँमा संक्रमितको संख्या ४ पुगेको छ ।

गण्डकीका ४ जिल्लाका थप ३७ जनामा संक्रमण पुष्टि भएको शुक्रबार बिहान स्वास्थ्य निर्देशनालय गण्डकीद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

तनहुँ, पर्वत, स्याङ्जा र नवलपुरमा थप संक्रमण पुष्टि भएको हो ।

यो संगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ सय ८८ पुगेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ