स्याङ्जा र बागलुङमा ७ जना संक्रमितले कोरोना जितेर घर फर्केका छन् । यो सँगै गण्डकी प्रदेशमा कोरोना निको भएर घर फिर्ता हुनेको संख्या १० पुगेको छ ।
जिल्ला अस्पताल स्याङ्जा र बागलुङको आइसोलेसन वार्डमा उपचाररत ७ बिरामीको स्वाब जाँच्दा नेगेटिभ आएपछि अस्पतालले उनीहरुलाई घर पठाएको हो । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बाग्लुङको धौलागिरी अस्पतालमा आईसोलेसन कक्षमा उपचाररत तमानखोला गाउँपालिकाका २७, २७ वर्षका २ पुरुष र बडीगाड गाउँपालिका १९ र २० वर्षका २ पुरुष गरि ४ जना निको भएर डिस्चार्ज भएका छन् ।
नमुना संकलन गरि पुन परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको निर्देशनालयले जनाएको छ । योसँगै बागलुङमा कोरोना जितेर घर फर्किनेको संख्या ६ पुगेको छ । यसअघि १९ वर्षकी युवती र ६५ वर्षे वृद्ध कोरोनामुक्त भएका थिए ।
आज बिहान स्याङ्जाका ३ संक्रमितलाई जिल्ला अस्पतालले बिदाइ गरेको थियो । स्याङ्जा जिल्ला अस्पतालको आईसोलेसन कक्षमा उपचाररत वालिङ नगरपालिका २१ वर्षिय १ पुरुष र गल्याङ नगरपालिका २७ र ४० वर्षका २ जना पुरुषहरु निको भएर घर फिर्ता भए । संक्रमित तीनै जनाको नमुना संकलन गरि पुनः परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको निर्देशनालयले जनाएको छ ।
पछिल्लो अपडेटअनुसार गण्डकी प्रदेशमा संक्रमितको संख्या १४७ पुगेको छ । गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या १ छ । स्याङ्जा वालिङ ३का ५८ वर्षीय पुरुषको ज्यान गएको हो ।
सम्बन्धित खबर
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
लैङ्गिक हिंसा विरुद्धको कविता प्रतियोगितामा स्मारिका प्रथम
पुतलीबजारमा अब निःशुल्क मधुमेह तथा रक्तचाप परीक्षण सुविधा
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला