के तपाईँ प्याजको बोक्रा फालेर तरकारी वा अचारमा प्रयोग गर्दै गर्नुहुन्छ ? तपाईँले गलत गर्नुभयो । किनकी प्याजको बोक्रा फाल्नु भनेको धेरै कुरा फाल्नु हो । कुनै कुनै तरकारीका बोक्रा कामै नलाग्ने हुन्छन् । तर प्याज यस्तो तरकारी हो जसको बोक्राको उपयोग धेरै हुन्छ ।
सिधै प्याजको बोक्रा खानेकुरा पनि भएन । तर अन्य तरिकाले प्याजको बोक्रा खान सकिन्छ । पेस्ट बनाएर अचार वा तरकारीहरुमा मिसाएर प्याजको बोक्रा सजिलै खान सकिन्छ ।
के के छन् प्याजका बोक्राका फाइदारु ?
हेयर कन्डिसनरको रुपमा प्रयोगःनुहाउने बेला कपाललाई राम्रोसँग धुनुहोस् र त्यसपनि प्याजको बोक्रा भएको पानीले केही बेर सफा गर्नुहोस् । यसले कपाल एकदम चम्किलो र नरम हुन्छ ।
कोलेस्ट्रोल कम गर्न सहयोगीः प्याजको बोक्राले शरिरको कोलेस्ट्रोलको स्तरलाई पनि कम गर्न सहयोग गर्दछ । यसका लागि पनि रातभरी प्याजको बोक्रालाई पानीमा भिजाउनुहोस् र दैनिक त्यो पानी पिउनुहोस् । यदि तपाईंलाई प्याजको स्वाद आउने पानी मन परेको छैन भने त्यसमा चीनि वा मह मिसाएर खानुहोस् ।
पेटको संक्रमणबाट बचाउः प्याजको बोक्रामा एन्टी ब्याक्टेरियल र एन्टी फंगल गुण हुन्छ जसले पेटमा हुने संक्रमणमा आराम दिलाउँछ । यसका लागि पनि प्याजको बोक्रालाई पानीमा भिजाउनुहोस् र दैनिक त्यो पानीको सेवन गर्नुहोस् । यदि तपाईंको डाक्टरले संक्रमणबाट बच्ने औषधी दिएका छन् भने पनि ती औषधीसँग प्याजको बोक्राको पानी पनि सेवन गर्नुहोस् । यसले चाँडै नै आराम मिल्छ ।
क्यान्सरबाट बचाउँछ स् प्याजको बोक्रामा एन्टी अक्सिडेन्टको मात्रा अत्यधिक हुन्छ र यसमा एन्टी इन्फ्लामेटरी गुण पनि हुन्छ । यसका साथै प्याजमा पाइने ‘क्वेरसेटिन’ नामक एन्जाइमले क्यान्सर कोसिकालाई बढ्नबाट रोक्छ । तपाईं यी प्याजको बोक्राको चिया पनि बनाउन सक्नुहुन्छ र दैनिक सुत्नुभन्दा अघि उक्त चियाको सेवन गर्नुहोस् ।
एन्टी इन्फ्लामेटरी गुणः यदि तपाईंको छालामा कुनै प्रकारको एलर्जी भयो भने तपाईं प्याजको बोक्रा र पानीको प्रयोगले राहत पाउन सक्नुहुन्छ । यसका लागि प्याजको बोक्रालाई रातभरी एक कचौरा पानीमा भिजाएर राख्नुहोस् र बिहान त्यो पानीले आफ्नो छाला सफा गर्नुहोस् ।
कीरा,लामखुट्टेबाट राहतः यदि तपाईंको घरमा अत्यधिक किरा फट्याङ्ग्रा वा लामखुट्टेको प्रकोप धेरै नै छ र यसबाट छुटकारा पाउनका लागि तपाईं प्याजको बोक्रा प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि पनि प्याजको बोक्रालाई रातभरी पानीमा भिजाउनुहोस् र त्यो पानीलाई झ्याल, ढोका नजिकै राख्नुहोस् । त्यसको गन्धले लामखुट्टे र किरा फट्याङ्ग्रा घरमा आउँदैनन् ।
एजेन्सी
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते