काठमाडौ । डिजी स्कुल ग्लोबलले विद्यालयका सम्पुर्ण गतिविधिलाई अनलाइनका माध्यमबाट व्यवस्थित गरि स्मार्ट स्कुलको अवधारणामा ‘स्कुल म्यानेजमेन्ट सफ्टवेयर’ तयार गरेको छ ।
बेलायतको एनसिसि एजुकेसनले स्कुले विद्यार्थीका लागी तयार गरेको कम्प्युटर पाठ्यक्रम ‘डिजी स्कुल’लाई नेपालमा प्रवर्द्धन गर्दै आएको डिजी स्कुल ग्लोबलले ‘विद्यालय सपोर्ट कार्यक्रम’ अन्तरगत सफ्टवेयर तयार गरेको बताइएको छ ।
डिजी स्कुलको कम्प्युटर कोर्ष लागु भएका विद्यालयलाई पाँच बर्षका लागि र अन्य सबै विद्यालयलाई एक बर्षका लागि सफ्टवेयर नि:शुल्क दिइने डिजी स्कुल ग्लोबलका प्रवर्द्धक सफ्टवेरिका कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले बताए ।
सफ्टवेयर लागू गर्न चाहने स्कुलले ९८०१२२४२७७ मा वा Info@digischoolglobal.com सम्पर्क गर्न सक्ने सफ्टवेयर संयोजक मनिषा खड्काले बताइन् ।
के छ त स्कुल म्यानेजमेन्ट सफ्टवेयरमा ?
विद्यार्थी तथा शिक्षकको डाटाबेस, हाँजिरी र विदा, शुल्क सङ्कलन, रिसेप्सन अभिलेख, आम्दानी तथा खर्च सबैको ब्यवस्थापन स्फ्ट्वेर मार्फत हुनेछ ।
अनलाइन परिक्षा प्रणाली समेत हुने सफ्टवेयरमा भौतिक रुपमा लिइएको परिक्षाको अभिलेख समेत राख्न मिल्नेछ। गृहकार्य दिने/लिने साथै विद्यार्थी र शिक्षकलाई आवस्यक विभिन्न पाठ्य सामग्री डाउनलोड गर्ने सुविधा समेत सफ्टवेयरमा उपलब्ध छ ।
शिक्षकहरुको आन्तरिक संचार देखि अभिभावक सँगको अनलाइन संचार, लाइब्रेरीको अभिलेख, जिन्सी खाता तथा मानव संसाधनको अभिलेख सफ्टवेयरको माध्यमबाट हुनेछ ।
स्कुल बस र होस्टेलको सम्पुर्ण गतिविधिको अभिलेख सफ्टवेयरबाट गर्न सकिन्छ ।
विद्यार्थीको प्रगति बिवरण र प्रमाणपत्र तथा लब्धाङ्कपत्र हेर्न र प्रीन्ट गर्न मिल्ने ब्यवस्था सँगै शैक्षिक क्यालेन्डरको अपडेट सुबिधा समेत सफ्टवेयरमा छ ।
सम्बन्धित खबर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
क्यान इन्फोटेक पोखरामा MSI RTX 5080 ग्राफिक्स कार्ड सार्वजनिक
अब नागरिक एपबाटै राष्ट्रिय परिचयपत्र हेर्ने सकिने
पुरुषोत्तम कुँवरको नेतृत्वमा क्यान कास्की
सिद्धार्थ राजमार्गका खाल्डाखुल्डी पुरिँदै
आईफोन १६ प्रो र प्रो म्याक्स मोडल सार्वजनिक, मूल्य कति ?
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर