पोखरा । नवलपुरका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देबचुली नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका वर्ष ४० का १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।
उनलाई नवलपुरको रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भईरहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४५ पुगेको छ ।
गण्डकी प्रदेशका मनाङ र मुस्ताङ जिल्ला बाहेक अन्य ९ जिल्लामा कोरोनाको संक्रमण देखिसकेको छ ।
साथै पोखराबाट काठमाडौँमा थप उपचारका लागि रिफर गरिएका कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा आएका सबैजनाको रिपोर्ट नेगेटिभ आएको छ ।
उनको सम्पर्कमा आएका ३९ जनाको नमुना परिक्षणको रिपोर्ट नेगेटिभ (कोरोनको संक्रमण नभएको) भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
गत मंगलबार आलुमाइला चाेक नजिकैकाे डेरामा बेहाेस अवस्थामा भेटिएका ६० वर्षे पुरुषलाई तत्कालै गण्डकी मेडिकल कलेज लगिएकाे थियाे ।
उनको प्रारम्भिक उपचार र परीक्षण गरेर हेलिकाेप्टरबाट काठमाडाैं लगिएकाे थियाे ।

सम्बन्धित खबर
प्रभु बैंकद्वारा ‘एसएमई एण्ड कन्जुमर बैंकिङ हब गण्डकी’ स्थापना
रूपा तालबेसीमा रूखको ठुटोबाट निरन्तर पानी आउन थालेपछि स्थानीय चकित
आजदेखि हेमजा आलु महोत्सव
आज देशभरको मौसम कस्तो रहन्छ?
काठमाडौंवासीलाई फेवा महोत्सवको निम्ता
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
गर्भवती श्रीमतीलाई जंगलमा लगेर हत्या गरी एक्साभेटरले खाल्डोमा गाड्ने श्रीमान् पक्राउ
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर