धादिङ – धादिङमा थप १६ जनामा कोरोना भाइरसकको संक्रमण पुष्टि भएको छ। सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप १६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
धादिङबेसी स्थित नीलकण्ठ नगरपालिकाले बनाएको क्वारेन्टाईनमा रहेका १६ जनालाई कोरोना पुष्टी भएको जिल्ला अस्पताल धादिङका सूचना अधिकारी विक्रम विकले बताए ।
सूचना अधिकारी विकका अनुसार भारतबाट फर्किएका १६ जनाको अवस्था सामान्य छ, अब उनीहरुलाई धादिङबेसीमा निमार्ण गरिएको आइसोलेसनमा राखिने छ ।
धादिङ नीलकण्ठमा १६ जनामा कोरोना पुष्टि
नीलकण्ठ-१ का १७ बर्षका पुरुष,
नीलकण्ठ-२ का २२ बर्षका पुरुष,
नीलकण्ठ-३ का ४० बर्षका पुरुष,
नीलकण्ठ-५ का ३० र ३५ बर्षका पुरुष,
नीलकण्ठ-११ का ४२ र ५५ बर्षका पुरुष,
नीलकण्ठ-१४ का १४,२३,३५,४५,५० बर्षका पुरुषहरु
तथा २१,२७,३६ बर्षका महिला र २० महिनाको बालिका उमेर समूहका रहेका छन्।
साथै, गजुरी ५ की ३२ वर्षीया महिलामा पनि कोरोना देखिएको छ । उनी भरतपुर स्थित क्वारेन्टाइनमा छिन् ।
योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३७६२ पुगेको छ। संक्रमितमध्ये ४८८ जना निको भएर घर फर्किएका छन् भने १४ जनाको मृत्यु भएको छ।
सम्बन्धित खबर
जेनजी आन्दोलनमा प्रहरीलाई आमाबारे सोच भन्ने व्यक्तिले नै गरे आमाको हत्या
गएरातिदेखि अवरूद्ध बनेको पृथ्वी राजमार्ग सञ्चालनमा
गल्छीमा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध
धादिङको त्रिपुरासुन्दरीबासीका लागि पोखरामै सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण गर्ने सुविधा
धादिङका सुनिलले ‘क्ल्याप पुलअप’मा तोडे १० वर्ष पुरानो गिनिज वल्र्ड रेकर्ड
नौबिसे–मलेखु सडकखण्ड दैनिक ५ घण्टा बन्द हुने
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
कल्याण श्रेष्ठले सरकार ढाल्न लागेको चर्चाका बीच उनकै निवास पुगिन् प्रधानमन्त्री कार्की