जागिरबाट निकालेको भन्दै कर्मचारीले आफ्नै शरीरमा पट्रोल छर्केर लगाए आगो !

जागिरबाट निकालेको भन्दै कर्मचारीले आफ्नै शरीरमा पट्रोल छर्केर लगाए आगो !

acham

अछाम – जागिरबाट निकालेको भन्दै अछामको बयलपाटा अस्पतालका एकजना कर्मचारीले आफ्नै शरीरमा आगो लगाएका छन् । जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक भारतीका अनुसार साफेँबगर नगरपालिकाका सिदार्थ आउजीले सोमबार अस्पताल परिसरमा आफ्नो शरीरमा पट्रोल छर्केर आगो लगाएका हुन् ।

अस्पतालले केही समयअघि आर्थिक संकट परेको भन्दै कर्मचारीहरु हटाएको थियो । जागिर गुमेपछि आउजी तनावमा रहेको र त्यही कारणले शरीरमा आगो लगाएको हुनसक्ने प्रहरीको अनुमान छ । उनी अस्पतालमा सरसफाइ कर्मचारीका रुपमा कार्यरत थिए । डीएसपी भारतीका अनुसार उनलाई उपचारको लागि हेलिकप्टरमार्फत कोहलपुर पठाइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ