पोखरा । पोखराका कोराना संक्रमितसँग सम्पर्कमा आएका ३९ जनाको स्वाब संकलन गरिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
उनको सम्पर्कमा आएका व्यक्तिमा कोरोना भए नभएको पुष्टि गर्न आइतबार ३९ जनाको स्वाब संकलन गरिएको हो ।
कोरोना संक्रमित ६० वर्षीय पुरुष कानुन व्यवसायी भएकाले उनको सम्पर्कमा आउने अधिकांश कानुन व्यवसायी रहेको छ्न । आइतबार २९ पुरुष र १० जना महिला गरि कुल ३९ जनाको स्वाब संकलन गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
स्वाब संकलन गरि परिक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
काठमाडौँमा उपचाररत ती व्यक्तिमा कोरोना संक्रमण देखिए पश्चात स्वास्थ्य निर्देशानालय, स्वास्थ्य कार्यालय कास्की, पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा तथा नेपाल प्रहरीको संयुक्त समुहले खोजपड्ताल (कन्ट्याक ट्रेसिङ) सुरु गरेको थियो ।
पोखराका कोरोना संक्रमित गत मंगलबार पोखराको आलुमाइला चोकस्थित डेरामा बेहोस भेटिएका थिए । तत्काल गण्डकी मेडिकल कलेजमा उपचारका लागि पुर्याइएकोमा थप उपचार गर्न सोही दिन हेलिकोप्टरमार्फत काठमाडौं लगिएको थियो ।
काठमाडौं पुगेपछि स्वाब संकलन गर्दा शुक्रबार उनमा कोरोना पुष्टि भएको थियो ।
कन्ट्याक ट्रेसिङका क्रममा औषधि व्यवसायीदेखि कपाल काट्नेसम्म संक्रमितको सम्पर्कमा आएको भेटिएको छ । सम्पर्कमा आएका सबै होम क्वारेन्टाइनमा रहेका छन् ।
यो पनि :
सम्बन्धित खबर
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो