पोखरा । गण्डकी प्रदेशका मन्त्रीलाई नै उद्दृत गरेर गत चैत २१ गते ‘पोखरामा कोरोना पोजिटिभ रिपोर्ट आयो र थप पुष्टिका लागि उनको थ्रोट स्वाब काठमाण्डौ पठाइयो’ भनेर समाचार सार्वजनिक भयो । तर पछि होइन भनियो । स्वास्थ्य मन्त्रालयले नै रिपोर्ट नेगेटिभ आएको जनायो । त्यसपछि प्रदेश राजधानी पोखरामा परीक्षणका लागि ल्याइएका स्वाब बाहेक कास्की जिल्ला भित्रका कोहि कसैलाई कोरोना पोजिटिभ देखिएको छैन ।
अहिलेसम्म कोरोना संक्रमित पुष्टि नभएको कास्की अब भने संक्रमण जिल्लाको सूचीमा चढेको छ । र, कोरोनाको उच्च जोखिममा रहेको शहरमा पोखरा दर्ज भएको छ । किनकि, पोखराबाट तीन दिन अघि बेहोस अवस्थामा उपचारका लागि हेलिकोप्टरबाटै काठमाण्डौ लगिएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । तीन दिन अघि मात्रै पोखरा छाडेकाले उनी कोरोनाबाट यहीं नै संक्रमित भएकोमा अब दुविधा रहेन ।
उनी पोखरा ८ सिर्जनाचोक नजिकै आलुमाइला चोकतिर बस्ने ६० वर्षीय पुरुष हुन् । मंगलबार सबेरै कोठामा बेहोस अवस्थामा भेटिएका उनलाई तत्कालै गण्डकी मेडिकल कलेज पु¥याइएको थियो । त्यसपछि उनलाई हेलिकोप्टरबाट काठमाडौं पठाउने प्रक्रिया मिलाउन दिउँसोसम्म लागेको थियो । त्यसबेलासम्म उनलाई जिएमसीमै राखिएको थियो । उनीसँगै २ जना पनि हेलिकोप्टरमै गएर फर्केका थिए । उनीहरु पनि अहिले होम क्वारेन्टाइनमा बसेका छन् । उनको घर कास्की भने होइन, परिवार पोखरामा थिएनन् । उनी डेरामा एक्लै बस्दै आएका थिए ।
पोखरामा कानुन र शैक्षिक क्षेत्रमा ठूलो योगदान दिइरहेका परिचित व्यक्तित्व उनी बिरामी बन्दासम्म धेरैको सम्पर्कमा रहेकाले पनि संगतमा रहनेहरुकोे ट्रेसिङ गरी पीसीआर टेष्ट गर्न अब सरकारले ढिलाई गर्नुहुन्न । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, स्वास्थ्य निर्देशनालय पोखराले अब विलम्व गर्नुहुन्न ।
प्रदेश स्वास्थ्य निर्देशनालयका एक अधिकारीका अनुसार काठमाण्डौबाट रिपोर्टबारे जानकारी प्राप्त हुने बित्तिकै कन्ट्याक्ट ट्रेसिङको काम सुरु भएको छ । संक्रमित पुरुषका सम्पर्कमा आएका व्यक्तिहरु, उनलाई उपचार गरिएको अस्पताल, अस्पतालमा भेट्न आउनेहरु, थप उपचारका लागि काठमाण्डौ लगिएको प्रक्रियाबारेमा बुझ्ने काम भएको छ । पोखरामा अहिले कन्ट्याक्ट ट्रेसिङको कार्यलाइ तिब्र पारिएको स्वास्थ्य निर्देशनालय गण्डकीले नै विज्ञप्तीमार्फत जानकारी दिएको छ ।

काठमाडौं पुगेलगत्तै नमुना संकलन गरिएकोमा शुक्रबार नै नतिजा पोजेटिभ आएको थियो । सम्पन्न घरानाका उनलाई काठमाण्डौको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचार गरिएको थियो । उनी बेहोस भएर ढलेको, बान्ता देखिएको कारण पनि सुरुमा मेनेन्जाइटिसको आशंका गरिएको थियो तर पछि थ्रोट स्वाब टेस्ट गर्दा कोभिड १९ देखिएको हो ।
उनीसँगै अस्पतालमै उपचाररत अर्का एकमा पनि कोरोना पुष्टि भएको छ । उनी गुल्मीका ७६ वर्षीय बृद्ध हुन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबारको नियमित अपडेटका क्रममा काठमाण्डौको एक निजी अस्पतालमा उपचाररत कास्की र गुल्मीका एक-एक जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका थिए । अस्पतालको नाम भने खुलाएका थिएनन् ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने