अष्ट्रेलिया । तनहुँका सागर लोहनीको स्वामित्वमा अष्ट्रेलियाको न्यू साउथ वेल्समा प्राबिधिक कलेज ईन्टरनेशनल ईन्स्टिच्युट अफ एजुकेसन खुलेको छ ।
उक्त कलेजमा चाइल्ड केयर, इन्फर्मेसन टेक्नोलोजी र अकाउन्टिङ लगायतका कोर्समा पढाई हुनेछ । ब्यवस्थापन र टेलिकम्युनिकेशन इन्जिनियरिङको समेत छिट्टै अनुमती प्राप्त गरि सन्चालन गरिने लोहनीले बताए । प्राबिधिक र व्यावसायिक सीप सम्बन्धि कोर्स भएकोले कलेजको पढाइ जुनसुकै देशमा अवसरमुलक हुने लोहनीको दावी छ ।
अधिकांश विद्यार्थीको काम र पढाइ बिच सामान्जस्य नभएको सन्दर्भमा यस खाले प्राबिधिक बिषय पढेर स्नातक तथा स्नातकोत्तर अध्यन गर्ने विद्यार्थीले काम पाउन सजिलो हुने र आफ्नो पढाइ अनुसारको काम समेत पाउने भएकाले यसकाले कोर्स सुरु गरिएको लोहनिले बताए ।
हालसालैका वर्षहरूमा अष्ट्रेलिया सरकारले आवासीय मापदण्डमा धेरै परिवर्तन गरेको छ ।प्राबिधिक र व्यावसायिक सीप भएका ब्याक्तीलाई सहज हुने हुँदा कलेज प्रती विद्यार्थीको आकर्षण रहने लोहोनिको भनाइ छ ।
सन् २००८ मा अस्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्न गएका लोहनी अस्ट्रेलियाको सिक्युयु युनिभर्सिटीबाट अनुसन्धानमा स्नातकोत्तर गरेका छन । विभिन्न पेशा अपनाउदै हाल आफ्नै ब्यवसायमा होमिएका लोहनी हाल चार्ल्स डार्विन युनिभर्स्टीबाट कानूनमा पनि स्नातकोत्तर अध्ययनरत छन्।
रोटर्याक्ट र युनेस्को अभियानमा समेत सक्रिय लोहनीले नेपालमा साक्षरता सम्बन्धि विभिन्न कार्यक्रममा सहयोग पुर्याउँदै आएका छन। थप जानकारीका लागि कलेजको वेबसाईट www.iie.edu.au हेर्न सकिन्छ।
सम्बन्धित खबर
विपिन जोशी रिहा हुने आस बढ्यो, हमासको नयाँ प्रस्ताव
क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा विमान पल्टियो, ३ जना गम्भीर
नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु, २५ भन्दा बढी घाइते
लेबनानमा शान्ति सेनामाथि आक्रमण, उपरथी ढकाल घाइते
महाकुम्भमा सवारी दुर्घटना हुँदा १० श्रद्धालुको मृत्यु, १९ घाइते
नेपाल भ्रष्टाचार हुने मुलुकको १०७ औँ स्थानमा
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते