कोरोना अपडेट : विश्वभरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ९३ हजार नाघ्यो, हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु भए ?

कोरोना अपडेट : विश्वभरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ९३ हजार नाघ्यो, हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु भए ?

coronavirus22

काठमाडौं – विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ ।

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार शुक्रबार बिहानसम्म विश्वभरमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ९३ हजार १ सय ४२ पुगेको छ भने संक्रमितको संख्या ६६ लाख ९८ हजार ३ सय ७० पुगेको छ ।

यस्तै विश्वभरमा कोरोनाबाट संक्रमण भएका ३२ लाख ४९ हजार ४ सय ५७ जना उपचारपछि निको भएका छन् ।हालसम्म अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट १ लाख १० हजार १ सय ७३ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १९ लाख २४ हजार ५१ पुगेको छ ।

त्यस्तै अमेरिकामा कोरोना संक्रमित ७ लाख १२ हजार २ सय ५२ जना निको भइसकेका छन् ।

त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या ३४ हजार ३९ पुगेको छ भने संक्रमितको संख्या ६ लाख १५ हजार ८ सय ७० पुगेको छ ।

त्यस्तै अर्को देश इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ हजार ६ सय ८९ पुगेको छ भने संक्रमितको संख्या २ लाख ३४ हजार १३ पुगेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ