अनलाइन सपिङ ग्यापु डटकम र सेल्सबेरी बीच ब्यापार साझेदारी

अनलाइन सपिङ ग्यापु डटकम र सेल्सबेरी बीच ब्यापार साझेदारी

received_262756294932593

पोखरा । अत्यावश्यक घरायसी सामग्रीको होम डेलिभरी गर्दै आएको अनलाइन सपिङ ग्यापु डटकम (gyapu.com) र अग्रणी किराना तथा डिपार्टमेन्ट चेन सेल्सबेरी बीच ब्यापार साझेदारी सुरु भएको छ।

काठमाडौं, बनेपा र पोखराका २३ आउटलेट मार्फत सेवा दिइरहेको सेल्सबेरीमा उपलब्ध १ हजार ४ सय भन्दा धेरै घरायसी सामान ग्राहकले ग्यापु डटकमको वेबसाईट वा मोबाइल एप मार्फत अर्डर गर्न सक्नेछन्। उक्त अर्डरको ग्यापुका कर्मचारी मार्फत २४ घण्टा भित्र नि:शुल्क डेलिभरी गरिने बताइएको छ ।

ग्राहकले डेलिभरी पूर्व ई-सेवाबाट पैसा तिरि क्यासब्याक समेत लिन सक्नेछन् । ग्राहकले कुनै पनि राष्ट्रिय वा अन्तर्राष्ट्रिय बैंक कार्डहरू, आईएमई पे, फोने पे, कनेक्ट आइपिएस, खल्ती, प्रभु पे मार्फत बिल तिर्न सक्छन् भने डेलिभरिको समयमा नगद समेत दिन सक्नेछन् ।

हाल काठमाडौ उपत्यका भित्र मात्र ग्यापुको सेवा रहेको छ भने लकडाउन पछि सेवा देशका मुख्य शहरहरुमा बिस्तार गरिने ग्यापु डटकमका निर्देशक ज्ञानेन्द्र खड्काले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds