पोखरा । पोखराको फेवातालमा डुबेर मृत्यु भएका एक युवकको एक महिनासम्म पनि पहिचान खुल्न नसकेको कास्की प्रहरीले जनाएको छ ।
गत बैशाख २६ गते दिउँसो साढे ४ बजेको समयमा फेवातालमा मृत अवस्थामा उनलाई भेटिएको थियो । पौडी खेल्दै गर्दा बेपत्ता भएका उनको करिव २ घण्टापछि शव फेला परेकोमा हालसम्म पहिचान खुल्न नसकेको कास्की प्रहरीले उल्लेख गरेको छ ।
गहुँगोरो वर्णको आर्यन अनुहार भएको, ठिक्कको शरिर भएको, कालो लामो कपाल पालेको, हल्का दाह्री जुँगा पालेको अन्दाजी २२–२५ वर्षको जस्तो देखिने युवकको शव फेला परेकोले कोही आफन्त वा चिनजानको व्याक्ति भए जिल्ला प्रहरी कार्यालय कास्कीमा सम्पर्क गर्न कास्की प्रहरीले आग्रह गरेको छ ।
उनलाई देख्नेहरुले किरण भनेर बोलाएको सुनिएको तर अरु केही थाहा नभएको बताएका छन् । ति युवक एक्लै टोलाएर हिँड्ने गरेको, मानसिक रुपमा एकोहोरो हो कि भन्ने शंका पनि गरिएको थियो ।
https://www.facebook.com/dpokaski/posts/2890583831011074
प्रहरीले मृतकको सनाखतको लागि आवश्यक सहयोग गर्न सबैलाई अनुरोध समेत गरेको छ। जनप्रतिनिधिको रोहबारमा लाशजाँच मुचुल्का समेतको कार्य सम्पन्न गरी पश्चिम क्षेत्रीय अस्पताल गण्डकीको शव गृहमै रहेको छ ।
सम्बन्धित समाचारः
फेवातालमा ३ दिनमा दुईको मृत्यु, सराङकोटका राजु आज मृत भेटिए, एकको पहिचान खुलेन (भिडियोसहित)
सम्बन्धित खबर
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो