रुकुम चौरजहारी घटनाको विरोधमा तनहुँको ऋषिङमा प्रदर्शन, सत्यतथ्य छानबिनको माग (फोटो फिचर)

रुकुम चौरजहारी घटनाको विरोधमा तनहुँको ऋषिङमा प्रदर्शन, सत्यतथ्य छानबिनको माग (फोटो फिचर)

received_263267094916693

तनहुँ । रुकुम चौरजहारीमा गत जेष्ठ १० गते भएको घटनाको विषयमा ऋषिङ गाउपालिका वडा नम्बर ४ मा विरोध र्याली निकालिएको छ ।

उक्त र्यालीमा सयौं संख्यामा सामाजिक दुरि कायम गरि विरोध र्यालीमा सहभागी भएको थिए ।

उक्त कार्यक्रममा सत्यतथ्य छानबिन गरि दोषीमाथि कडा कारवाही हुनुपर्ने सहभागीको माग थियोे ।

कार्यक्रमको सभापति दलित समन्वय समितिका अध्यक्ष टेकबहादुर विक रहेका थिए ।

सो कार्यक्रममा दलित मुक्ति मोर्चा केन्द्रीय अध्यक्ष डम्बरबहादुर विक, ऋषिङ गाउँपालिका वडा नं ४ का अध्यक्ष भोजराज रानाभाट, सामाजिक अगुवा मिनराज रामदाम, बाबुराम विश्वकर्मा, सुर्य कुमार घिमिरे, मिना घिमिरे, अर्जुन घिमिरे, नेकपा नेता रिम बहादुर विक काङ्ग्रेस नेता नर वहादुर विक लगायतले घटना बारे निष्पक्ष छानबिन भई कानुन बमोजिम कडा कारवाही हुनुपर्ने माग गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds