काठमाडौँ जिल्ला प्रशासनको पास अब लकडाउनभर चल्ने (बिज्ञाप्ती सहित)

काठमाडौँ जिल्ला प्रशासनको पास अब लकडाउनभर चल्ने (बिज्ञाप्ती सहित)

kathmandu

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौले उपत्यकाका लागि गत जेठ २ गते जारी गरेको निलो रंगको पास अव नवीकरण गर्नु नपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौले मंगलबार सूचना जारी गर्दै यसअघि जेठ २० सम्मका लागि जारी पास लकडाउनभर मान्य हुने जनाएको छ ।

त्यस्तै काठमाडौ प्रशासनले अत्यावाश्यक सेवामा खटिनेहरुका लागि जारी भएका पास पनि नवीकरण गर्न नपर्ने जनाएको छ । यसअघि त्यस्ता पास सात दिनको म्यादपछि नवीकरण गर्नुपर्ने व्यवस्था रहेको थियो ।

त्यस्तै सवारी पासका लागि कार्यलय बाहिर सेवाग्राहीको भीडभाड बढ्न गई संक्रमण हुन सक्ने भएकाले यहि जेठ २१ बाट सवारी पासका लागि निवेदन र प्रमाण खुल्ने कागजात इमेलमा पठाउन र पास तयार भएको जानकारीपछि मात्र कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds