काठमाडौं । राष्ट्रपति कार्यालयमा एक करोडको गलैँचा फेर्ने लागेको छ । लकडाउनका कारण देशको हालत बिग्रँदो छ । रोगसँगै भोकबाट जनता आहत हुने बेला भएको छ । यही बेला राष्ट्रपति भवनमा एक करोडको गलैँचा फेर्न लागिएको छ ।
कोरानाका संक्रमितको उपचार गर्नका लागि भेन्टिलेटर नभएको र क्वारेन्टाइनमा बस्नेहरूको बिजोक रहेको बेला राष्ट्रपति भण्डारी बस्ने घरमा यति महँगो गलैँचा परिवर्तन गर्न थालिएको भन्दै आलोचना सुरु भएको छ । कहिले प्रहरी हटाएर भवन विस्ता, कहिले हेलिकोप्टर किन्ने भनेर राष्ट्रपतिलाई नै विवादमा पार्ने काम हुँदै आइरहेको छ । यसतर्फ राष्ट्रपति सचिवालयसँगै स्वयं राष्ट्रपतिको ध्यान जानु पनि जरुरी रहेको छ ।
तीन वर्षअगाडि निर्माण गरिएको उक्त भवनमा दुईवटा ठूला हलका लागि करिब ३०-३० लाख पर्ने गलैँचा र अन्य कोठाहरुका लागि करिब ४० लाख पर्ने गलैँचा फेर्न लागिएको हो ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का गण्डकी प्रदेश सांसद रामबहादुर गुरुङले ठेक्का पाएको राष्ट्रपति भण्डारी बस्ने नयाँ भवनमा महँगो गलैचा फेर्न लागिएको स्रोतले जनाएको नयाँ पत्रिका दैनिकले समाचार प्रकाशित गरेको छ ।
हिमालयन डेकोरले गलैँचा फेर्न लागेको छ । त्यसको टेण्डर डेकोरले पाएको छ । यो कम्पनी गण्डकी प्रदेशका नेकपा सांसद गुरुङको हो । गुरुङ तनहुँ–१ ‘क’ बाट निर्वाचित भएका थिए ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु