तनहुँ । तनहुँको दमौली रहेका ४० दैनिक ज्यालादारी परिवारलाई जेसिआई व्यासनगरले खाद्यान्न सहयोग छ । क्लबले व्यास नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ का दैनिक ज्यालादारी परिवारलाई सहयोग गरेको क्लबका अध्यक्ष भरत कुमार श्रेष्ठले जानकारी दिए ।
त्यस्तै क्लबले भानु नगरपालिका वडा नम्बर ५ मा ५ हजार ५ सय बराबरको राहत प्रदान गरेको क्लबले जनाएको छ ।
राहत सामाग्रीमा चामल, नुन, तेल लगाएतका सामग्री रहेको थियो । पहिले वितरण गरेकोमा छुटेका र आवश्यक परेका परिवारलाई राहात वितरण गरिएको क्लबले जनाएको छ । सम्बन्धित वडाको सिफारिसमा व्यास नगरपालिकाको मापदण्ड भित्र रहेर रहात वितरण गरिएको क्लबका अध्यक्ष भारत कुमार श्रेष्ठले बताए ।

कार्यक्रम संचालन क्लबका महासचिव गणेश थापाले गरेका थिए भने कार्यक्रमका बारेमा क्लबका पुर्वअध्यक्ष सुरेश पुरीले बताएका थिए । उक्त राहत वितरणका लागि दमौली घर भई हाल अमेरिकामा रहेका सुमन पन्तले आर्थिक सहयोग गरेका थिए ।
कार्यक्रममा व्यास २ का वडाअध्यक्ष काशिराम श्रेष्ठ, व्यास ३ का वडाअध्यक्ष प्रेम कुमार श्रेष्ठ, व्यास २ का वडासदस्य राधिका परियार, क्लबका पुर्वअध्यक्ष र क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
रक्तसन्चार केन्द्र दमौलीमा रगतको अभाव भएपछी जेसिआई व्यासनगरले गत वैशाख ६ गते रक्तदान कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा ३० पिन्ट रगत संकलन भएको थियो ।
क्लब यसअघि स्थानिय तह संग समन्वय गरि विभिन्न स्थानमा रहात समेत वितरण गरेको थियो ।
सम्बन्धित खबर
मुग्लिन–पोखरा बाटो सहज बन्दै
तनहुँको विमलनगर खण्ड आजदेखि एक महिना आंशिक बन्द हुने
तनहुँमा ‘स्वाइन फिभर’ले बङ्गुर मरेपछि ओसारपसारमा रोक
प्रजातन्त्र दिवसको अवसरमा देवघाट गाउँपालिकामा दीप प्रज्जवलन
बन्दीपुरमा वडाध्यक्षको कुटपिटबाट वडा सचिव घाइते
१५ वर्षपछि दमौलीमा फेरि थालियो सामूहिक गहुँखेती
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते