बाजुराकी २ वर्षे बालिकाको कोरोनाबाट मृत्यु, आमालाई संक्रमण, नेपालभर ज्यान गुमाउनेकाे संख्या ८

बाजुराकी २ वर्षे बालिकाको कोरोनाबाट मृत्यु, आमालाई संक्रमण, नेपालभर ज्यान गुमाउनेकाे संख्या ८

corona baby

बाजुरा अस्पतालमा आइसोलेसनमा मृत्यु भएकी २ वर्षीया बालिकामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनको आइतबार बिहान मृत्यु भएको थियो । उनी बुढीगंगा नगरपालिका १ की हुन् । सेती प्रादेशिक प्रयोगशालामा स्वाब संकलन गरेर भर्खर मात्र रिपोर्ट प्राप्त हुँदा मृत्युको कारण कोरोना नै भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

बालिकाकी २३ वर्षीया आमालाई पनि कोरोना पुष्टि भएको छ । हाल उनी सदरमुकाम मार्तडीस्थित जिल्ला अस्पतालको आइसोलेसनमा उपचाररत छिन् । मृतक बालिकासहित बुबा र आमालाई जेठ १५ गतदेखि आइसोलेसनमा राखिएको थियो । बुबाको भने रिपोर्ट नेगेटिभ आएको छ । उनीहरु ८ दिन अघि भारतबाट आएका थिए ।

यससँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ पुगेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds