स्पेनिस ला लिगा जुन ११ बाट सुरू हुने पक्का 

स्पेनिस ला लिगा जुन ११ बाट सुरू हुने पक्का 

messi

काठमाडौं – कोरोना भाईरसको महामारीपछि स्थगित स्पेनिस ला लिगा फुटबल जुन ११ बाट सुरू हुने भएको छ ।

ला लिगाका अध्यक्ष जाभियर टेबासले ला लिगा जुन ११ बाट सुरू हुने बताएका हुन् ।

स्पेनिस न्युजपेपर मार्कासँग कुरा गर्दै अध्यक्ष टेबासले जुन ११ बाट लिग सुरू गर्ने बताएका हुन् ।

बन्द रंगशालामा सुरू हुने ला लिगाको पहिलो खेल रियल बेटिस र सेभियाबीच हुने टेबासको भनाई छ ।

लिगाका बाँकी सबै खेल सकेर आउदो सेप्टेम्बर १२ बाट नयाँ सिजन सुरू गर्ने पनि उनले जानकारी दिएका छन् ।

गत मार्च १२ बाट स्थगित गरिएको ला लिगामा बार्सिलोना र रियल मड्रिडबीच उपाधी होड कायम छ । बार्सिलोना भन्दा रियल २ अंकले अघि रहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ