दैलेख – तीन दिनअघि भारतको पौडी गडुवालबाट आएकी, ठाँटीकाँध गाउँपालिका– २ जनता प्राथमिक विद्यालयको क्वारेन्टाइनमा २२ वर्षीया मीना बिकले शनिबार राती १० बजे शिशुको जन्मदिएकी हुन् ।तीन बर्षअघि विवाह गरेकी मिना पति मनबहादुर विक सँग रोजगारीको लागि भारत गएकी थिइन् ।
सुत्केरी व्यथा लाग्ना साथ क्वारेन्टाइनमा रहेकी मिनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाटीकाँधमा सुरक्षित सुत्केरी गराउन ल्याउँदा बिच बाटोमै शिशु जन्माइएकी थिइन् । शिशु र आमाको अवस्था ठिक छ ।’ शिशु र सुत्केरी मीनाको स्वास्थ्य राम्रो रहेको र उनीहरुको पिसिआर जाँच्न बाँकी रहेकोे स्वास्थ्य केन्द्रका इञ्चार्ज लक्ष्मीकुमारी रावत बुढाले जानकारी दिइन् ।
त्यसैगरी दैलेखको दुल्लु नगरपालिकाका –७ मा एकजना युवकको क्वारेन्टाइनमा मृत्यु भएको छ । मृत्यु हुनेमा दुल्लूनगरपालिका ७ का ३५ बर्षीय कर्णबहादुर थापा रहेका छन् । आठ दिनअघि थापा बम्बैबाट गाउँ फर्किएका थिए । विद्युत प्राविधिक कार्यालयको क्वारेन्टाइनमा बसेका थापा बिहान साथीसँगै उठेका थिए । मृतकको कुन कारणले मृत्यु भयो भन्ने बारेमा पुष्टि हुन नसकेको र त्यसतर्फ स्वास्थ्कर्मी खटिएको दुल्लु नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारीले जानकारी दिए ।
सम्बन्धित खबर
पाँच दिनभित्र १९ अर्ब नबुझाए एनसेलको लाइसेन्स स्वतः रद्ध
सहरी योजना आयोगका उपाध्यक्ष र दुई सदस्यले मेयर आचार्यलाई बुझाए राजीनामा
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुने
मित्रमिलन सहकारीको बचत फिर्ता योजनाको प्रस्ताव
सहकारीको हविगतमा पुग्दै एनआईसी एसिया
पूर्व सहकारी रजिस्ट्रार पराजुली १ करोड ५ लाख घुस खाएको खुलेपछि फरार
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो