थप १९ जनाले जिते कोरोना, नेपालमा निको हुनेको संख्या २०६ पुग्यो

थप १९ जनाले जिते कोरोना, नेपालमा निको हुनेको संख्या २०६ पुग्यो

COVID19

काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमण जित्नेको संख्या २०६ पुगेको छ । शुक्रबारको नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले थप १९ जना डिस्चार्ज भएसँगै संक्रमण मुक्त हुनेको संख्या २०६ पुगेको जानकारी दिएको हो ।

कोरोना निको हुनेमा पुरुष १६२ र महिला ४४ जना रहेका छन् ।

प्रादेशिक विवरणअनुसार प्रदेश नम्बर १ मा ३०, प्रदेश २ मा १०२, बागमतीमा २०, गण्डकीमा २, प्रदेश ५ मा ४७ र सुदूरपश्चिममा ५ जनाले कोरोना जितेका छन् ।

आज डिस्चार्ज हुनेमा २ जना टेकु, ७ जना पाटन, २ जना बलम्बुको कोभिड अस्पताल र ८ जना दाङको बेलझुण्डीको आइसोलेसनमा रहेकाहरु भएको मन्त्रालयले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ