अर्घाखाँचीका ३० वर्षीय युवाको कोरोनाबाट मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ६ पुग्यो

अर्घाखाँचीका ३० वर्षीय युवाको कोरोनाबाट मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ६ पुग्यो

Death 1

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका ३० वर्षीय पुरुषको मृत्यु कोरोना भाइरसबाट भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिएका हुन् ।

उनको जेठ १० गते भारतबाट फर्किने क्रममा बाटोमै मृत्यु भएको थियो भने शव नेपाल ल्याइएपछि स्वाब संकलन गरेर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको प्रवक्ता देवकोटाले जानकारी दिए ।

मृतकको सम्पर्कमा रहेका व्यक्तिहरु केही क्वारेन्टाइनमा रहेको कतिपयसँग सम्पर्कको प्रयास भइरहेको पनि देवकोटाले बताए ।

यसअघि गुल्मी, बाँके, सिन्धुपाल्चोक, ललितपुर र बाराका १–१ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ