तनहुँ । कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणका लागि विश्वब्यापी रुपमा लकडाउन गरिए सँगै नेपालमा पनि लकडाउन गरिएको छ ।
दैनिक ज्याला मजदुरी गरि जिविकोपार्जन गर्ने ज्यालादारी वर्ग लकडाउनका कारण प्रत्यक्ष प्रभावित भएका छन ।
हालको जटिल अवस्थालाई मध्यनजर गर्दै परियार युवा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभियानले तनहुँको घिरिङ्ग गाउँपालिका वडा नं ३ को अर्चलकोट र मान्पुर टोलका २१ घर ज्याला मजदुरि एबम विपन्न परिवारलाई बुधबार राहत वितरण गरेको छ ।
राहतमा चामल, नुन, तेल, दाल र सोयाबिन वितरण गरिएको थियो ।

उक्त अभियानमा आवद्ध अभियान्ताहरुले व्यक्तिगत रकम संकलन गरेर उक्त गाउँका विपन्न परिवारहरुलाई राहत वितरण गरेको परियार युवा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभियानका महासचिव अन्जान परियारले जानकारी दिए ।
अभियानमा विदेश संयोजक बिमल परियार र राष्ट्रिय संयोजक केशब परियार रहेका छन ।
अभियानले पहिलो चरणको राहत वितरण दाङमा र दोस्रो चरणको राहत तनहुँमा गरेको हो ।
लकडाउन बढ्दै गए अन्य ठाउँमा पनि सहयोग गर्ने जनाएको छ ।
उनले भने ‘देशमा लकडाउनकै समयमा धेरै जातिय भेदभावका घटनाहरु घटिरहेको देख्दा दुख लागेको छ यद्यपि आफुहरुले राहत वितरण गर्दा कुनैपनि जात र धर्म नभनी मात्र समस्या हेरि समाधान गरेको बताए ।
गाउँपालिकाले दिएको पहिलो चरणको राहत सकिए पछि फेरि राहतको आशामा बसिरहेको बेला राहत पाउँदा स्थानिय हरुले खुसी महसुस गरेका छन ।
सम्बन्धित खबर
मुग्लिन–पोखरा बाटो सहज बन्दै
तनहुँको विमलनगर खण्ड आजदेखि एक महिना आंशिक बन्द हुने
तनहुँमा ‘स्वाइन फिभर’ले बङ्गुर मरेपछि ओसारपसारमा रोक
प्रजातन्त्र दिवसको अवसरमा देवघाट गाउँपालिकामा दीप प्रज्जवलन
बन्दीपुरमा वडाध्यक्षको कुटपिटबाट वडा सचिव घाइते
१५ वर्षपछि दमौलीमा फेरि थालियो सामूहिक गहुँखेती
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते