नेपालमा आज एकै दिन ११४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८८६ पुग्यो

नेपालमा आज एकै दिन ११४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८८६ पुग्यो

Corona Positive

पोखरा । नेेेपालमाा आज मात्रै  थप ११४ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार सो संख्यामा संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार धरानमा गरिएको स्वास्थ्य परीक्षणमा ११ जना, सप्तरीका ३ जना, कोशी अस्पतालमा झापाका १७ जना, हेटौंडाको प्रयोगशालामा गरिएको परीक्षणमा आठ जनाको पोजेटिभ देखिएको छ ।

त्यस्तै, पोखराको प्रादेशिक प्रयोगशालामा बागलुङका ६ जना, दाङमा गरिएको परीक्षणमा १८ जना, काठमाडौंको केन्द्रीय प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनामा संक्रमण पोजेटिभ देखिएको छ ।

योसँगै कुल संक्रमित संख्या ८८६ पुगेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ