पोखरा । बागलुङमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तमानखोला गाउँपालिकाका ४ र बडिगार्ड गाउँपालिकाका २ जनामा कोरोना संक्रमण भएको हो ।
पीसीआर विधिबाट गरिएको परीक्षणमा बागलुङका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ । बडिगार्ड गाउँपालिकाको क्वारेन्टाइनमा रहेका १९ र २० वर्षका दुई जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
त्यस्तै, तमानखोला गाउँपालिकाका वर्ष २१ का दुुई र २७ वर्षका दुुई जना गरि चार जनामा संक्रमण देखिएको हो । उनीहरुलाई सुनौली नाकाबाट उद्धार गरिएकाको थियो । उद्धार गरेर उनीहरुलाई गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको थियो ।
संक्रमितहरु लाई बागलुङको आइसोलेसनमा पठाउने तयारी भईरहेेको छ । बडिगार्ड गाउँपालिकामा भेटिएका कोरोना संक्रमितलाई पनि बागलुङकै आइसोलेसनमा पठाउने तयारी गरिएको छ । बागलुङमा झण्डै ४ सय जना भारतबाट आएर क्वारेन्टाइनमा वसेका छन् । उनीहरु मध्ये केहीको मात्रै कोरोना जाँच भएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ जना पुगेको छ । मंगलबारमात्र स्याङ्जाको वालिङमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । तीमध्ये बागलुङकै २ जना कोरोनालाई जितेर घर फर्किसकेका छन् । उनीहरु नेपालकै पाँचौ र छैठौ कोरोना संक्रमित थिए । ६५ बर्षिय वृद्धा महिला र १९ बर्षिय युवती धौलागिरी अस्पतालमा उपचारपछि निको भएर घर फर्किसकेका छन्।

सम्बन्धित खबर
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
लैङ्गिक हिंसा विरुद्धको कविता प्रतियोगितामा स्मारिका प्रथम
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला